डेढ महिनादेखि हुम्ली यात्रु अलपत्र, विमान कम्पनी यात्रु होइन कार्गो बोक्छन् !
सुर्खेत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।
यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताैँ दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गरे । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले भने, “टर्मिनल हलमा ठूलाबडाकै हालीमुहाली हुन्छ ।”
यात्रु केन्द्रराज शाहीले विमानस्थलमा सर्वसाधारणले टिकट नै नपाउने गरेको दुखेसो गरे । दलालले मात्रभित्र प्रवेश पाउने गरेको आरोप लगाउँदै शाहीले भने, “एयरलायन्स नागरिकप्रति सेवा भाव नै देखाउँदैनन् । उनीहरु आफ्नो नाफाको आँखाबाट मात्र हेर्छन् ।” यात्रु भन्दा कार्गो लिँदा दोब्बर फाइदा हुने भएकाले उनीहरुले यात्रुलाई नलिने गरेको उनको आरोप छ ।
हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले यात्रुलाई प्राथमिकतामा राखेर काम गर्न एयरलायन्स सञ्चालकलाई दबाब दिँदै आएको बताए । “डेढ महीनादेखि यात्रु जान पाएका छैनन्”, उनले भने, “हामीले तारा, सीता र समिट एयरलायन्सका सञ्चालकलाई हप्तामा एक÷एक फ्लाइट राख्न अनुरोध गरेका छौँ ।”
हवाइजहाज यातायातको एकमात्र विकल्प भएको हुम्लामा हरेक सामान उडानबाटै लैजानुपर्ने भएकाले यात्रु आवतजावतमा समस्या भएको अध्यक्ष लामाको भनाइ थियो । विमानस्थलमा प्रहरीले पनि यात्रुप्रति अभद्र व्यवहार गर्दै आएको यात्रुले गुनासो गरेका छन् । विकट भूगोलका नागरिक अलपत्र पर्दा पनि राज्य बेखबर रहेको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् ।
यता तारा एयरलायन्सका नेपालगञ्ज प्रमुख दिलीप कार्कीले हवाइजहाज अभावका कारण यो समस्या आएको बताए । “जहाजको माग बढ्दो छ तर पूर्ति गर्न गाह्रो छ”, प्रमुख कार्कीले भने, “हप्ताको एउटा कार्गो पनि गर्न सकिएको छैन । लुक्ला खुलेकाले पनि अभाव बढेको हो ।”
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











