समायोजनमा जान्नाै भन्दै चिकित्सक आन्दोलनमा, वीर अस्पतालमा विरामीको विजोग
काठमाडौँ । चिकित्सकको आन्दोलनका कारण सरकारी अस्पतालमा उपचार गर्न आएका सर्वसाधारणको विजोक बन्दै गएको छ ।
देशकै पुरानो सरकारी स्वामित्वमा रहेको वीर अस्पतालमा चिकित्सकको आन्दोलनका कारण विरामीहरु आक्रोशित बन्दे गएका छन् ।
सरकारले कर्मचारी समायोजन गरेपछि त्यसको विरुद्धमा उत्रेका चिकित्सकहरुले ओपीडी सेवा ठप्प पार्दा सर्वसाधारणहरु अलपत्र बन्न पुगेका हुन् । नीजि अस्पताल पोस्ने किसिमले चिकित्सकले आन्दोलन गर्दा सर्वसाधारणहरुको विजोग मात्रै नभएर सरकारले गरेको व्यवस्थामा समेत धक्का लागेको छ । सरकारले अत्यावस्यक सेवामा हड्ताल, बन्द तथा आन्दोलनका कार्यक्रम गर्न बन्देज लगाउने निर्णय गरेपनि चिकत्सा क्षेत्रमा कहिले केहि त कहिले केहि बहानामा आन्दोलन हुँदै आएको छ ।
सेतो एप्रोन लगाएका चिकित्सक विरामी जाँच्न छाडेर आन्दोलनमा उत्रिदा सर्वसाधारण काठमाडाैंका नीजि अस्पतालमा जान बाध्य भएका हुन् । आक्रोशित भीडमा उभिएका एकजना विरामीका आफन्त भीमबहादुर खत्रीले लुम्बिनी भ्वाइससँग भने, यहाँ आफनो ड्युटि हुन्जेल आएर आन्दोलन गरेजस्तो गर्ने समय नसकिदै प्राइभेटमा गएर उपचार गर्ने गर्दा रहेछन् ।
सरकारी अस्पतालमा उपचार गर्न दाङको हापुरबाट आएका खत्रीले थपे, काठमाडाैं आएको ३ दिन भइसक्यो । आन्दोलन गर्छाैं भन्छन् । उपचार गर्दैनन् । मर्का हामीलाई परेको छ । खर्च सकिन थाल्यो । पैशा धेरै भएको भए बरु अन्त अस्पतालमा जान हुन्थ्यो । के गर्नु मेरो गरिबी र आन्दोलन सँगै हुन लेख्या रैछ ।
उनीसँगै उभिएका रोल्पा घर्तिगाँउका मित्रलाल घर्तिले थपे, हाम्रो मान्छेको ज्यान गयो भने कसले जिम्मा लिन्छ ? राज्य की चिकित्सकले ? हामीले तिरेको करबाट तलब खाने । हामीलाई नै सेवा नदिने गरेर कसरी हुन्छ ? हुनत सरकारले मिलाउन सक्या छैन् । हाम्रो कुरा कसले सुन्दिने होर ? भाग्य रहेछ भने बाँचिएला होइन भने भगवान भरोसा । निराश हुँदै उनले उपचारका लागि छुट्याएर ल्याएको पैसा विस्तारै सकिन लागेको भन्दै चिन्ता समेत व्यक्त गरे ।
यति भएपछि हाम्रो टिम सोधपुछ शाखामा पुग्दा कर्मचारी समेत नसुने झै गर्दै बसेका थिए । यस्तैमा भेटिए कर्मचारी नारायण अधिकारी । विरामीको लाइन भएपनि चिकित्सक आन्दोलनमा छन् । हामीले यसबारे के भन्नु । फेरि हामीलाई यस्तो कुरा धेरै जानकारी नै हुँदैन् । त्यसपछि यसबारे बुज्न प्रशाशन शाखाका कर्मचारी कहाँ पुग्दा त्यहाँका कर्मचारी सन्तोष महर्जनले भने, सरकारले गरेको कर्मचारी समायोजनको प्रक्रियामाथि नै विरोध गर्दै डाक्टरहरुले हड्ताल गरेका हुन् । यसबारे सरकार र चिकित्सकबीच छलफल हुन्छ होला त्यसपछि समाधानको उपाए निस्किएला ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











