आज दिनभर काममा नफर्किए सरकारी चिकित्सकलाई कारबाही !
काठमाडौं । समायोजनमा जाँदा कनिष्ठ भइने र बडुवामा समेत समस्या पर्ने भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरु आजदेखि कामममा नफर्किए कारबाही हुने सरकारले चेतावनी दिएको छ ।
सरकारले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै काममा फर्कन ध्यानाकर्षण गराएको थियो । तर, चिकित्सकहरु माग पुरा नभएसम्म काममा नफर्किने भन्दै अडान कसेपछि मंगलबार काममा नफर्किए सरकारले आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चिकित्सकहरु दिनभरमा कामम फर्किने विश्वास लिएको जनाएका छन् । चिकित्सकका कतिपय मागमा वार्ता हुनसक्ने भन्दै प्रवक्ता श्रेष्ठले भने, उहाँहरुका जायज माग पुरा गर्न सरकार तयार छ । बडुवा, वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तत्पर छ ।
यदि उहाँहरु नियमित काममा फर्किनु भएन भने प्रचलित कानुन बमोजिम कारवाही हुन्छ । मन्त्रालयले यसबारेमा हिजै प्रष्ट पारिसकेको छ ।’ प्रवक्ता श्रेष्ठले भने ।
सरकारी डाक्टरहरु संघीय सरकार मातहत मात्रै रहनुपर्ने भन्ने माग भने कानुन विपरित रहेको भन्दै सरकारले त्यसमा वार्ता नहुने प्रष्ट पारेको छ । कानुनले नै संघमै रहनुपर्ने भन्ने मागलाई अस्वीकार गरिसकेकाले अन्य विषयमा वार्ता हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जनताको करबाट चलेपछि सेवा रोक्न नहुने भन्दै यसबारे जानकारी गराइसकेको छ । कानुनमा व्यवस्था भएअनुसार, आवश्यक सेवा संचालन ऐन अनुसार सरकारले हड्ताल निषेध गरेको ठाउँमा हड्ताल गर्ने वा भाग लिने व्यक्तिलाई ६ महिनासम्म कैद र जागिरबाट समेत बर्खास्ती हुनेछ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












