कतै आगजनी कतै बम विस्फोट, देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला
काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीमा परेको छैन् । तर, राजधानी बाहिर भने राम्रै असर परेको देखिन्छ ।
देशका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम तथा शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् ।
राजधानीको नजिकै काभ्रेको पनाैति-०७, खोपासी जाने बाटोमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । तर, उक्त वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको छ ।
पाल्पामा बम विस्फोट भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ । भने भवनमा क्षति समेत भएको छ ।
रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा समेत शंकास्पद वस्तु फेला परेको जनाइएको छ । यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
यस्तै, बुटवल–भैरहवा सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा बिहीबार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
मकवानपुरमा आगजनी
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।
कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ । बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।
Comments
अरु समाचार
-
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी
काठमाडौं । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया...
-
भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद
काठमाडौं । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका...
-
नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...
-
कोटेश्वरबाट एक युवक पेस्तोलसहित पक्राउ
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई...
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...