घरेलु हिंसा बढेको भन्दै आमा समूहद्वारा जाँडरक्सी प्रतिबन्ध
सप्तरी । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् ।
शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए । जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ ।
आमा समूहकी अध्यक्ष महावती चौधरीका अनुसार मदिरा सेवनले बढेको घरलु हिंसा र सामाजिक विकृति रोक्न यहाँको महिला समूह सक्रिय भएका हुन् । मदिरा सेवनले पु¥याउने हानिनोक्सानीका बारेमा आमा समूहले जनचेतना फैलाउन थालेपछि तीन जनाको मदिरा पसल बन्द भएको ठेलिया स्वास्थ्यचौकिकी अनमी सुनिता चौधरीले बताइन् ।
गाउँका तीन जनाले अनुमति लिई मदिरा बिक्री वितरण गर्न थालेपछि सामाजिक विकृति फैलिएको भन्दै आमा समूहले जनचेतना अभियान थालेको हो । बजारमा पसल सञ्चालन गरी मदिरा बिक्री–वितरण गर्ने अनुमति लिएका उनीहरुले गाउँबस्तीमा गई पसल सञ्चालन गरेका थिए ।
वडा नं ११ का वडा अध्यक्ष मो. जीबरीलका अनुसार वडा कार्यालयबाट बजारमा पसल खोल्न सिफारिस लगेकोमा उनीहरुले सिफारिस विपरीत गाउँमा मदिरा बिक्री वितरण गरेपछि आमा समूहको सक्रियतामा पसल बन्द गराइएको हो । अनुमति लिनेमध्ये दुई जनाले मदिरा पसल बन्द गरेको र सियाकुमारी चौधरीले गाउँबाट हटाइ बजारमा पसल सञ्चालन गर्ने भनी कागज बनाइ सहिछाप गरेपछि छाडिएको उनले बताए ।
सिफारिस विपरीत गाउँमै मदिरा बिक्री गरेमा प्रमाणपत्र रद्द गरी कानूनबमोजिम कारवाही गरिने वडाध्यक्ष जिबरिलले चेतावनी समेत दिए । दुई जनाले पसल बन्द गरे पनि पसल बन्द गर्न अटेर गर्ने सियाकुमारी विरुद्ध आमा समूहले वडा कार्यालय र इलाका प्रहरी कार्यालय ठेलियामा निवेदन नै दर्ता गरेका थिए ।
वडा कार्यालयमा वडा अध्यक्षको उपस्थितिमा हिजो अबेरसम्म आमा समूह, इलाका प्रहरी कार्यालयका प्रतिनिधिबीच भएको छलफलपछि सियाकुमारीले गाउँमा मदिरा बिक्री नगर्ने लिखित सहमति जनाएका छन् । आमा समूह र प्रहरीले पटक÷पटक सम्झाउँदा अन्य दुई जनाले मदिरा पसल बन्द गरेपनि सियाकुमारीले नमानेपछि वडा कार्यालयमा छलफल गरी कागज गराइएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए ।
आमा समूह सक्रिय भएपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झैंझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रको भनाइ छ । मापसे गरेर होहल्ला, झैझगडा गर्नेबारे सूचना दिई प्रहरीमा जिम्मा लगाउन पनि नगर प्रमुख मिश्रले आग्रह गरे । पुरुषले मादक पदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृशृङ्खल गतिविधि हुन थालेपछि आमा समूह सक्रिय भएका हुन् । आमा समूहको सक्रियतामा अभियान चलेपछि र कतिपयलाई पक्राउ गरी कारवाही गरेपछि धेरै सुध्रिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











