घेरा हालेर प्रहरीले समात्यो विप्लवका जिल्ला इन्चार्जसहित थुप्रै नेता !
काठमाडौं । बाजुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराको टोलीले बुढीगंगा नगरपालिका-१ अम्कोटबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला इन्चार्ज भुपेन्द्र विक, जिल्ला सचिव भरत थापा, सदस्य अंगराज भण्डारी र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य पवित्रा बिक रहेका छन् ।
यस्तै विप्लव समूहकै विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता गोरख रोकाया, समिक्षा विक, सुशिला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिहं भाटले जानकारी दिए । डिएसपी भाटले भने,‘‘उनीहरु सबैलाई एकै स्थानबाट घेरा हालेर समातेका हौं । सरकारले विप्लव समूहमाथी प्रतिबन्ध लगाएपछि हामीले गाउँ-गाउँमा सर्च एण्ड अरेस्ट अपरेसन तिव्र पारेका छौं ।’’
उनीहरुको साथबाट विष्फोटक पदार्थ, एकथान हेण्ड ग्रिनेट, चन्दा संकलनका रसिद र आन्तरिक दस्तावेजसमेत बरामद भएको डिएसपी भाटले बताए । प्रहरीले देशभर पक्राउ परेका विप्लव समूहका नेता-कार्यकर्तालाई चन्दा आतंक, राज्यद्रोहको मुद्दा लगाउँदै आएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











