एसएसपी सिंहको सरुवापछि गुण्डा नाइकेदेखि अपराधिक पृष्ठभुमिका डनहरु खुशीले गदगद
काठमाडाैं । महनगरीय प्रहरी अपराध महाशाखा काठमाडाैंमा कार्यरत एसएसपी धिरजप्रताप सिंह एक वर्षे कार्यकाल पुरा गरेर सरुवा भएका छन् ।
अपराध महाशाखामा कार्यरत हुदा सिंहले अपराध अनुसन्धानमा देखाएको सक्रियताका कारण उनी चर्चामा रहिरहने पात्रका रुपमा चिनिएका थिए । भने, सिंहको स्थानमा सहकुल थापा आएका छन् ।
अपराध महाशाखाका अनुसार सुरक्षा चुनाैती त अपराधीहरु सि कोसरुवापछि खुशियाली मनाउन थालेका छन् । सिहं निर्वाचन सकिएको र सुरक्षा चुनाैती थप बलियो भएका बेला अपराध महाशाखामा आएपनि उनले सहजै रुपमा कार्य सम्पादन गरेको जनाइन्छ । प्रहरी तालिम शाखामा सरुवा भएका सिंहले अपराध महाशाखामा कार्यरत रहँदा गुण्डा नाइके, मिटर ब्याजीवाला र विप्लव नेतृत्वको उच्च कमाण्ड नेतृत्वलाई पक्राउ गरेर साहसीपूर्ण काम गर्ने अधिकारीमध्येका एक कुशल प्रहरी अधिकृत रहेको स्रोतको दाबी छ ।
शान्ति सुरक्षा कायम गर्ने क्रममा सिंहले विभिन्न अपरेसन समेत चलाएका थिए । जसका कारण गुण्डागर्दी र अपराधिक घटना भएको धेरै कुरा सुनिएको थिएन ।
गुण्डागर्दी र राजनीतिक आवरणमा अपराधिक काम गर्दै आएका विभिन्न समूहका गुण्डाहरुलाई नियन्त्रण गरेर कारबाही अगाडी बढाएका सिंहको कार्यकाल सफल रहेको सत्तारुढ दल नेकपामा समेत चर्चा चल्ने गरेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार सिंह क्षमतावान र प्रतिाशाली प्रहरी अधिकृत भएकाले अपराध नियन्त्रणमा ठूलो सफलता हाँसिल गर्न सकिएको हो । बाहिर जनतामा भ्रम छर्ने र प्रहरी प्रशासनको मनोबल गिराउने थुप्रै सम्ुह सक्रिय भएपनि सिंह नेतृत्वको महाशाखाले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराखेको जनाइन्छ । पछिल्लो समय वम विस्फोट तथा आगजनीका घटनामा समेत सिंहले विशेष योजना बनाएर गृह मन्त्रालयमा पेश गरेको गृह अधिकारीले जनाएका छन् ।
सिंहको सरुवा भएपछि राजधानीमा विभिन्न समूह बनाएर सक्रिय रहेका टोले गुण्डादेखि माथिल्लो तहसम्मका अपराधिहरु सलबलाउन थालेको र खुशियाली मनाउन थालेको प्रहरी स्रोत जनाउछ ।
तर, काठमाडाैं प्रहरी परिसर सम्हालेका वसन्त लामा भने ८ महिना मै सरुवा भएका छन् । सामान्यतया प्रहरीमा एक वर्षे कार्यकाल पुरा गरेर सरुवा गराउने प्रचलन रहेको पाइन्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












