पाँचथर घटनाका दोषीलाई कारवाही माग
काठमाण्डौ । प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरे । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताए ।
बिचौलियाको बिगबिगी
सांसद टेकबहादुर बस्नेतले सल्यानमा गत वैशाख २७ देखि यही जेठ ४ गतेसम्म लागेको वन डढेलोबाट तीन जनाको निधन भएको र ठूलो धनमालको क्षति भएको जानकारी दिँदै सो घटनामा निधन भएकाहरुको परिवारलाई राहत, घाइतेको उपचार र क्षतिपूर्ति भएकाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद देवप्रसाद गुरुङले पोखरामा नेपालसहित विभिन्न देशका सेना सम्मिलित सैनिक अभ्यास भइरहेको छ भन्दै यसले शक्ति राष्ट्रहरुको टकराव भइरहेको विश्व परिवेशमा कस्तो प्रभाव पर्छ भनी प्रश्न गराए ।
सांसद नमिताकुमारी चौधरीले सर्लाहीमा आगो लगाएर महिलाको हत्या भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गरेे । सांसद नरमाया ढकालले स्थानीय तहमा कर्मचारीको कमीका कारण काम गर्न चुनौती देखिएको छ भन्दै त्यसको उचित व्यवस्था गर्न माग गरे । सांसद नारदमुनि रानाले थारू समुदायमा बढी देखिएको सिकलसेल रोगको उपचारको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणप्रसाद मरासिनीले स्याङ्जामा सिद्धार्थ राजमार्ग क्षेत्रमा केही जनताले लालपूर्जा धितो राखेर ऋण लिन नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
नर्सका माग पूरा गर्न ध्यानाकर्षण
सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वती डिसी चौधरीले पनि नर्सहरु पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलनमा रहेको बेला प्रहरीबाट हस्तक्षेप भएको छ भन्दै नर्सका उचित मागको सुनुवाइ गर्न आग्रह गरे ।
सांसद पदमनारायण चौधरीले स्थानीय सरकारका कामकारवाहीप्रति निगरानीको आवश्यकता आँैल्याए । सांसद पार्वतीकुमारी विशुङ्खेले दैलेखमा असिना र हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिपूर्तिप्रति ध्यानाकर्षण गराउँदै किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरे । सांसद प्रमोद साहले सङ्घीयतानुसार बजेटको बाँडफाँट नभएको टिप्पणी गर्दै प्रदेशमा कर्मचारीको अभाव रहेको गुनासो गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












