जहाँ टेलिभिजनमा समाचार प्रस्तोताले भित्री वस्त्र नै लगाउदैनन् !
एजेन्सी । सुन्दा अचम्म लाग्ला, हेर्दा झन चकित पार्छ । तर वास्तविकता हो । अल्बानियाको एक टेलिभिजनमा कार्यरत समाचार प्रस्तोताले भित्रि वस्त्र विना नै समाचार वाचन गर्छन् ।
अल्बानियाको ‘फायर’ टेलिभिजनले यस्तो नियम ल्याएको तीन वर्ष भयो । पहिले–पहिले पुरै कपडा लगाएर समाचार वाचन गरिने भए तापनि तीन वर्ष यता भने सवै ‘न्यूज एंकरहरु’ले भित्री वस्त्र विना नै समाचार वाचन गरिरहेका छन् ।
रमाइलो कुरा त के छ भने समाचार पढ्ने सवैलाई समान नियम बनाइएको छ । चाहे पुरुष होस् वा महिला नै किन नहुन् भित्री वस्त्र विना नै समाचार वाचन गर्नुपर्छ ।
तीन वर्ष पहिलेदेखि यसरी समाचार वाचन गर्ने नयाँ तरिका ल्याइए पनि केही समय यता यो टेलिभिजनमा कार्यरत एक समाचार वाचिक भने अहिले निकै भाइरल भएकी छिन् ।
उनको समाचार पढ्ने शैलीले भन्दा पनि भित्री वस्त्र विनाको समाचार वाचनले चर्चा बटुलेकी हुन् । उनी हुन्– २४ वर्षीया ग्रेटा होक्सा ।
समाचार वाचनका क्रममा उनले एउटा ब्लेजरमात्र लगाएकी हुन्छिन् । शुरुमा उनी केही हेडलाइन पढ्छिन् । उनको पहिरनले भित्री अंग छोप्न मुस्किल परिरहेको अवस्था हुन्छ ।
समाचार पढ्नु अगाडि उनले भनेकी थिइन्, ‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु ? हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’
यो टेलिभिजन च्यानलले समाचारको प्रभाविकारिताका लागि तीन वर्षको अवधिमा होक्सा जस्ता धेरै समाचार प्रस्तोता तयार पारिसकेको छ । त्यस्तै, होक्सालाई माथ खुवाउने समाचार प्रस्तुत गर्थिन् अर्की समाचार वाचिका– इन्की ब्राकाज ।
समाचार वाचनको समयमा उनी झन बोल्ड बन्थिन् । बोल्ड शरीरकै कारण ‘प्लेब्वाई म्यागेजिन’मा तस्वीर खिचाएपछि उनले टेलिभिजनको जागिरबाट हात धुनु परेको थियो । टेलिभिजनको नियम उलंघन गरेको भन्दै उनलाई टेलिभिजन व्यवस्थापनले जागिरबाट निकालिदिएको थियो ।
यो टेलिभिजनमा कार्यरत प्रमुख प्रस्तोताहरु टपलेस भएर समाचार वाचन गर्दा हुनसक्ने सम्भावित दुर्घटनाप्रति व्यवस्थापक कत्ति पनि चिन्तित छैनन् । किनकी अहिलेसम्म कुनै घटना घटेको पनि छैन र त्यहाँका स्थानीयले समेत समाचारको नयाँ शैलीलाई साथ दिएका छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












