पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न निर्देशन
काठमाडौँ । पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।
पप्पु कन्ट्रक्सनले बनाएका अधिकांश संरचना मापदण्ड अनुसार नबनाइएको पाइएपछि केहि समय पहिले जनस्तरमा व्यापक विरोध सुरु भएको थियो । निर्माण आयोजनाको गुणस्तर कायम नगरेर संरचना नबनाउन निर्देशन दिएपननि अटेर गरेर निर्माण कार्य अगाडी बढाएको जिकिर गर्दै कारबाही गर्न निर्देशन दिइएको जनाइएको छ ।
अरनिको राजमार्गमा पर्ने तीनकुनेस्थित वागममती नदीमा बनाउन लागिएको पुलमा समस्या देखिएपछि समितिले जेठ ३ गते स्थलगत अध्यन गरेको थियो । अनुगमनका क्रममा पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो।
तर, पप्पु कन्ट्रक्सनले उक्त निर्देशनको पालना नगरी पुलको सव-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ।
उक्त पुलको ठेक्का ०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ पुष ४ गते ठेक्का भएको थियो। २१ करोड ३३ हजारमा ठेक्का भएको उक्त पुलको अझै निर्माण सम्पन्न हुन सकेका छैन। पुलको ठेक्का उपत्यका सडक विस्तार आयोजनाले गरेको हो।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











