हुवावेले ल्याउदैछ नयाँ अपरेटिङ सिस्टम, एन्ड्रोइड भन्दा ६० प्रतिशत तेज चल्ने !
एजेन्सी । गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग ल्याउँदैछ ।
हुवावेको यो अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशतसम्म धेरै तेज हुनसक्ने दाबी गरिएको छ ।
ग्लोबल टाइम्समा स्राेतको हवाला दिँदै छापिएको समाचार अनुसार छिट्टै नै लञ्च हुने हङ्गमेङ्ग गुगलको एन्ड्रोइडभन्दा निकै तेज हुनेछ ।
समाचार अनुसार शाओमी तथा भिभोजस्ता कम्पनीहरुले हुवावेमा उसको अपरेटिङ्ग सिस्टमको परीक्षणका लागि आफ्ना कर्मचारी पठाउन थालेका छन् । अहिले यी सबै कम्पनीले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड प्रयोग गर्दै आएका छन् ।
हुवावेको मेट ३० मा नयाँ अपरेटिङ्ग सिस्टम
ग्लोबल टाइम्स आफ्नो समाचारमा लेख्छ, ‘हुवावेले इन्टरनेट दिग्गज कम्पनी तथा घरेलु स्मार्टफोन कम्पनीहरुसँग मिलेर आफ्नो अपरेटिङ्ग सिस्टम हङ्गमेङ्गको परीक्षण गरिरहेको छ । यो नयाँ सिस्टम आउँदो केही महिनामै लञ्च गरिनेछ ।’
हुवावेको Mate 30 स्मार्टफोनलाई यो नयाँ अपरेटिङ्ग सिस्टमको साथमा लञ्च गरिने सम्भावना रहेको बताइएको छ । ढिलोमा यो अंग्रेजी वर्षको अन्त्यसम्ममा हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमयुक्त स्मार्टफोन ल्याउने योजना हुवावेको छ ।
एप डेभलपर्सलाई आह्वान
हुवावेले हालै कम्तीमा ९ वटा देश तथा युरोपमा समेत आफ्नो अपरेटिङ्ग सिस्टको ट्रेडमार्कका लागि निवेदन दिइसकेको छ । यसैबीच हुवावेले विश्वभरका एप डेभलपर्सलाई हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमको एप ग्यालरीमा आफ्नो एप पब्लिस गर्नका लागि प्रोत्साहित गरिरहेको छ । गुगलको प्ले स्टोरलाई टक्कर दिने गरी एप ग्यालेरी तयार गर्ने लक्ष्य हुवावेको छ ।
यहीँ हप्ताको सुरुवातमा साउथ चाइना मर्निङ्ग पोस्टले हुवावेको यस अपरेटिङ सिस्टमको विस्तृत विवरण समावेश गरी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्ट अनुसार हुवावेको अपरेटिङ सिस्टम Microkernel मा आधारित छ । जसले निकै कम स्पेस लिनुका साथै बढी सुरक्षित र सरल रहने बताइएको छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












