चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको राजकिय भ्रमणमा जाँदै !
चिनियाँ राष्ट्रपति सी चिन पिङले उत्तर कोरियाको पहिलो राजकिय भ्रमण गर्ने भएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी आगामी जुन २० र २१ मा उत्तर कोरियाको राजकिय भ्रमणमा निस्किने भएका हुन् । उनी उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणामा त्यसतर्फ जान लागेको सिन्ह्वाले जनाएको छ ।
सिपिसीका अन्तर्राष्टिय मामिला प्रवक्ता हु झाओमिङले सोमबार राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।
पछिल्लो १४ वर्षमा सिपिसीका प्रमुख तथा चिनियाँ राष्ट्रपतिले उत्तर कोरिया भ्रमण गर्न लागेको यो पहिलो पटक हो। राष्ट्रपति सिको भ्रमण चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ७०औं वर्षगाँठका अवसरमा हुन लागेको सिपिसीका अन्तर्राष्ट्रिय मामिला प्रमुख सङ ताओले बताए। उनले भ्रमणले पछिल्लो समय उत्तर कोरियासँग रहँदै आएको सम्बन्धमा थप प्रगाढता ल्याउन टेवा पुग्ने विश्वास जताए।
‘चीन र उत्तर भारत असल छिमेकी र लामो समयदेखि द्विपक्षी सम्बन्ध स्थापना गरेका दुई मुलुक मात्र होइनन्,’ ताओले भने, ‘चीन सरकारले उत्तर कोरियासँगको सम्बन्धको महत्वलाई सँधै उचाइमा राख्ने गरेको छ।’
पछिल्लो ७० वर्षदेखि दुवै देशले आफ्नो राष्ट्रका प्रमुख नेताको भ्रमणलाई कायम राखेको उल्लेख गर्दै उनले यसबीचमा दुवै मुलुकले आफ्नो कला, संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकुद लगायतका क्षेत्रमा जनताले चाहे बमोजिमनै काम गर्दै आएको स्पष्ट पारे।
१८औं चिनियाँ नेसनल कंग्रेस भएपछिको एक वर्षमा मात्रै यी दुई नेताबीच ४ पटक भटवार्ता भइसकेको छ। विशेषगरी उत्तर कोरियाले सञ्चालन गर्दै आएको आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र संघ, अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले लगाएको नाकाबन्दी फुकुवाको विषयमा यी दुई नेताबीच पटक-पटक भेटवार्ता भएको छ।
त्यसमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुई पटकसम्म भएको शिखर वार्ताअघि किम चीन पुगेका थिए। पछिल्लो पटक भएको ट्रम्प-किम वार्ताले उल्लेख्य नतिजा ल्याउन नसकेको र अमेरिका र उत्तर कोरियाबीच बनिरहेको समझदारीमा समेत आँच आएको बताइरहँदा उत्तर कोरियामा हुने सीको भ्रमणले अन्तर्रष्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्नेछ।
चीन उत्तर कोरियाको प्रमुख सहयोगी राष्ट्र हुनु र विश्वकै प्रमुख शक्ति राष्ट्र भएकै कारण पनि उत्तर कोरियाले चीनको साथ र सहयोगको अपेक्षा राख्दै आएको छ।
उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी, किम-ट्रम्प वार्ता र आणविक कार्यक्रम बन्द गर्ने विषयमा दुई नेताबीच वार्ता हुनसक्ने समेत अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












