ताजा समाचार

गुठी विधेयकबारे फेसबुकमा लेखेपछि पाइलट विजय लामा जापान जान पाएनन्

काठमाडाैं । सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेकै भरमा नेपाल वायु सेवा निगमका एकजना पाइलट जापान जानबाट वञ्चित भएका छन् ।

निगमका पाइलट विजय लामा जापान जाने टोलीबाट हटाइएका हुन् । उनले फेसबुकमा गुठी विधेयकको विरुद्धमा स्ट्याटस लेखेपछि जापान भ्रमण टोलीबाट उनको नाम गायब भएको हो ।

निगमका प्रमुख मदन खरेलले पाइलट लामालाई जापान भ्रमणको सुचीबाट हटाइदिएका हुन् ।

आगामी भदाैं १२ देखि जापानको ओसाका उडानको तयारी थालेको नेपाल वायु सेवा निगमको टोली जापान जाने तयारीमा थियो । जसमधये निगमका कार्यकारी निर्देशक मदन खरेल, वाणिज्य विभागमा निर्देशक टंकनिधि दाहाल र पाइलट लामा जापान जाने भन्दै टिकटदेखि होटेल बुकिङको काम समेत व्यवस्था भइसकेको थियो ।

पाइलट लामाले गुठी विधेयकका विरुद्ध लेखेपछि उनलाई उक्त टोलीबाट हटाइएको भन्दै कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org