मार्भल्स मी डेभाजु क्लबमा आयोजना हुने
काठमाण्डौं । डेजाभु क्लवमा सम्पन्न स्टायल इन्भेजनपछि अब उक्त आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । भग लस्ट इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो शो मा हरेक किसिमका व्यक्तीहरुले सहभागीता जनाउन पाउनेछन् ।

यसअघि डेजाभुमा भएको कार्यक्रममा झण्डैं ३ हजार दर्शकको सहभागीता थियो भने ५० जना भन्दा धेरै मोडलले आफ्नो शो देखाएका थिए ।
त्यसअघि यो आयोकले सोन्याज रनवे आयोजना गरेको थियो, उक्त शोमा १ हजार बढि दर्शकको सहभागीता थियो । भग लस्टकी प्रमुख सोन्या गुरुङले भुकम्प पिडितका लागी दुबईमा ‘आबुधाबी क्रुजिङ फर नेपाल अर्थात नेपालका लागी आबुधावीमा क्रुजिङ’ नामक कार्यक्रम आयोजना गरेकी थिइन् । उक्त शो बाट ४ लाख ५० हजार रुपैयाँ तथा २ लाख बढिको समान उठेको थियो । आयोजकले तुरुन्तै नेपालमा आएर भुकम्प पिडितका लागी उक्त सहयोग प्रदान गरेको थियो । भग लस्टकी प्रमुख सोन्या भन्छिन्, ‘मैले गर्ने हरेक कार्यक्रमवाट जे जति कमाउँछु, त्यो आम्दानीबाट केहि रकम समाजसेवामा सहयोग गदै आएकी छु, आगामी कार्यक्रमबाट उठ्ने रकमको केहि प्रतिशत समाजसेवामै खर्च गर्नेछु ।’

के हो मार्भल्स मी ?
मार्भल्स मी नाम गरिएको कार्यक्रममा जस्तोसुकै व्यक्तीले पनि भाग लिन पाउनेछन् । यस्ता किसिमका शो मा धेरै आयोजकले एउटा प्रावधान तोकेको हुन्छ, त्यसभन्दा बाहिरकाले सहभागीत जनाउन पाउँदैनन्, तर यो शो मा हरेक किसिमका मानिसलाई वेलकम गरिनेछ । हरेक व्यक्तीमा एउटा प्रतिभा हुन्छ, सोन्या भन्छिन्, ‘साइजका कारण, उमेरका कारण अथवा विभिन्न समस्याका कारण यस्ता कार्यक्रमबाट टाढा रहनेहरुलाई समेत हामीले विशेष प्राथमिकता राखेका छौं ।’ हाल यो कार्यक्रमका लागी अडिसन भैरहेको छ । आज शनिवार पहिलो अडिसन भयो, अर्को शनिवार फाइनल अडिसन हुनेछ । यो अडिसनमा शो का लागी ५० जना ‘मार्भल्स मी’ का लागि छानिनेछन् । यो कार्यक्रममा विभिन्न देशका नागरिकले सहभागीता जनाउने आयोजकले जनाएको छ । आयोजकले अडिसनपछि फाइनल कार्यक्रम कहिले गर्ने ? भन्ने विषयमा सोच्ने जनाएको छ ।
को हुन् सोन्या ?
नेपालमा रहेर विभिन्न किसिमका फेसन शो आयोजना गर्दै आएकी सोन्या गुरुङ फेसन गुरुको रुपमा चिनिन्छिन् । नेपालका धेरै चर्चित कलाकारहरुको स्टाइलिङ गरिसकेकी सोन्याले आगामी समयमा नेपालभरका प्रमुख शहरमा ‘सोन्या रन वे’ आयोजना गर्ने योजना बनाएकी छिन् । त्यसपछि उनले नेपालीहरुको बाक्लो वस्ती रहेका विभिन्न देशमा पुगेर समेत फेसन शो आयोजना गर्ने ठुलो योजना बनाएकी छिन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











