विप्लवको बन्दले देशभर आंशिक प्रभाव, केहि स्थानमा शंकास्पद वस्तु फेला
काठमाडाैं । देशभर विप्पलव नेतृत्वको प्रतिबन्धित नेकपाको बन्दको आंशिक प्रभाव परेको छ । आज देशभर आंशिक रुपमा सवारी साधन चलेका छन भने शिक्षण संस्थाहरु भने छिटफुट मात्रै खुलेका छन् ।
उपत्यकामा समेत गाडी आंशिक रुपमा चलेका छन् । तर लामो दुरीका सवारी साधन भने ठप्प प्राय रहेको पाइएको छ । राजधानीका साघुरा र साना गल्लीका सडक सुनसान जस्ते देखिएपनि मुख्य र ठुला बाटोहरुमा भनेौ सवारी साधन गुडिरहेका छन् । सडकमा प्रहरी बाक्लो रुपमा उपस्थित भएकाले समेत सवारी साधन बिहानको तुलनामा बाक्लो हुँदै गएका छन् ।
पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ।
ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको छ । बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।
मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन् बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ छ। प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन।
त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











