संखुवासाभा दोहोरो फायरिङः विप्लवको पार्टीको दावी, दुई जना कार्यकर्ता ‘बेपत्ता’
काठमाडाैं । संखुवासभाको तिलिचुङ-०१ मा प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको दोहोरो फायरिङमा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको प्रतिबन्धित नेकपाले जनाएको छ ।
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विषमले विज्ञप्ति जारी गर्दै आफ्ना कार्यर्ताहरु संगठन सुदृढिकरणको अभियानमा रहेको अवस्थामा सरकारले दोहोरो भिडन्तको हल्ला चलाएर ३ वटा हेलिकप्टरबाट फोर्सा परिचालन गर्दै एकहोरो गोली चलाएको जनाएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यहि २०७६ आषाढ १६ गते सोमबारका दिन हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका वडा नं. १ मा पुगेको बेला केपी ओलीको नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कबिहिन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना अझै सम्पर्कमा छैनन् । त्यसमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर बाहिर आइरहेको भए पनि आधिकारीक रुपले अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको छ ।
तर, प्रहरी उच्च स्रोतका अनुसार विप्लवका कार्यकर्ताले अत्याधुनिक हतियारबाट फायरिङ गरेपछि हेलिकप्टरबाट थपफओर्स मगाइएको जनाइएको छ । दोहोरो गोली हानाहानमा विप्लवका एक कार्यकर्ताको खुट्टामा गोली लागेपछि आैषधि किन्न पसल आएपनि पहेलिकप्टर आएको थाहा पाएपछि उनी समेत जंगल भागेर सम्पर्कमा पुगेको दावी छ ।
यद्यपी प्रहरीले विप्लवका कार्यकर्ताले गोली चलाएपछि फायर गरेको जनाउदे आएको छ भने विप्लवको पार्टीले प्रहरी दमनमा उत्रेको भन्दै हत्यामा संलगन भएको भन्दै आएको छ ।
प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता तीर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











