संखुवासाभा दोहोरो फायरिङः विप्लवको पार्टीको दावी, दुई जना कार्यकर्ता ‘बेपत्ता’
काठमाडाैं । संखुवासभाको तिलिचुङ-०१ मा प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको दोहोरो फायरिङमा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको प्रतिबन्धित नेकपाले जनाएको छ ।
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विषमले विज्ञप्ति जारी गर्दै आफ्ना कार्यर्ताहरु संगठन सुदृढिकरणको अभियानमा रहेको अवस्थामा सरकारले दोहोरो भिडन्तको हल्ला चलाएर ३ वटा हेलिकप्टरबाट फोर्सा परिचालन गर्दै एकहोरो गोली चलाएको जनाएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यहि २०७६ आषाढ १६ गते सोमबारका दिन हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका वडा नं. १ मा पुगेको बेला केपी ओलीको नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कबिहिन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना अझै सम्पर्कमा छैनन् । त्यसमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर बाहिर आइरहेको भए पनि आधिकारीक रुपले अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको छ ।
तर, प्रहरी उच्च स्रोतका अनुसार विप्लवका कार्यकर्ताले अत्याधुनिक हतियारबाट फायरिङ गरेपछि हेलिकप्टरबाट थपफओर्स मगाइएको जनाइएको छ । दोहोरो गोली हानाहानमा विप्लवका एक कार्यकर्ताको खुट्टामा गोली लागेपछि आैषधि किन्न पसल आएपनि पहेलिकप्टर आएको थाहा पाएपछि उनी समेत जंगल भागेर सम्पर्कमा पुगेको दावी छ ।
यद्यपी प्रहरीले विप्लवका कार्यकर्ताले गोली चलाएपछि फायर गरेको जनाउदे आएको छ भने विप्लवको पार्टीले प्रहरी दमनमा उत्रेको भन्दै हत्यामा संलगन भएको भन्दै आएको छ ।
प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता तीर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











