लोकतन्त्र रक्षाका लागि गोली चल्दा कुमार पाैडेलको मृत्यु भयोः गृहमन्त्री
काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पाैडेल मृत्यु प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतन्त्रको रक्षा गर्दा प्रहरीको गोलीले उनको मृत्यु भएको जनाएका छन् ।
५ असारमा पाैडेलको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । तर, यसबारे सदनमा आवाज उठेपछि गृहमन्त्री बादलले जवाफ दिएका हुन् । प्रहरीले दोहोरो गोली हानाहानमा पाैडेलको मृत्यु भएको दाबी गरेपनि सत्तारुढ दल नेकपा भित्रै व्यापक आलोचना भइरहेको छ । पूर्व गृहमन्त्री समेत रहेका नेकपा नेता जनार।दन शर्मा ‘प्रभाकर’ले हत्या भएको भन्दै जनताको रिपोर्ट आफूसँग भएको वताएका थिए ।
पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।
लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए । राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको मन्त्री थापाले बताए ।
गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन समितिको रिपोर्टमा उल्लेख रहेको उनले बताए ।
पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए ।
तर, सांसदहरुले पौडेलको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे ।
जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन् । तर, जनताको लोकतान्त्रिक अधिकारलाई हनन गर्दै जनप्रतिनिधिमाथि चन्दा मागेर आतंक फैलाएको भन्दै गृहमन्त्री बादलले पाैडेलको मृत्यु लोकतन्त्र रक्षाका लागि नै भएको दावी गरे ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











