स्वयम्भू गोली प्रकरण: ५० लाख माग्दा ३० लाख दिन्छु भनेँ…
रामेछापको लिखु । तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निक्कै तनावमा थिए ।
अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरहयो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्किएका थिएनन् । काठमाडौँस्थित घरमा बस्थे ।
खड्काले ने, ‘यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा लगाएको छस्, एक पटकलाई केही नगरौँ भनेर छाडेका हौँ र आज त बाँचिस्, सधैँ यस्तो हुन्न, भनेर भन्यो ।’
‘मैले जे गतिविधि गरिरहेको हुन्छु त्यो सबै फोनबाट भन्थ्यो, यस्तो भएपछि कसलाई डर लाग्दैन ?’ उनले थपे ।
विक्षिप्त मन लिएर बस्दै गर्दा एकाएक शुक्रबार उनलाई प्रहरीबाट फोन आयो, ‘ल तपाईंलाई धम्की दिने मान्छे हामीले पक्राउ गरेका छौँ, ट्रमा सेन्टरमा राखिएको छ ।’
आफूलाई पैसा मागेर मार्ने भन्दै दिनहुँ धम्की दिएर सताइरहने व्यक्ति पक्राउ परेको खबरले उनीखुशी हुँदै ट्रमा सेन्टरमा गए । जब त्यो व्यक्तिलाई देखे, त्यसपछि उनी छाँगाबाट खसेजस्तै भए ।
आफ्नै गाउँपालिका–७ का व्यक्ति थिए उनी । उनको वास्तविक नाम बाबुराम तामाङ हो । तर उनले लोप्साङ र मिलनको नामसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
खड्काको उजूरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेला पारेको थियो ।
नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदासमेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
खड्काका अनुसार उनले रु दुई करोडको माग गर्दै पैसा नदिए परिवारकै अपहरण गरेर मार्ने धम्की तारन्तार दिएका थिए । यो कुरा फोन रेकर्डमासमेत छ ।
कुराकानीका क्रममा अहिले किस्तामा रु ५० लाख दिए हुन्छ बाँकी विस्तारै दिनुहोला भनेको थियो । यति गरेपछि गाउँपालिकाको विवाद सल्टिने कुरासमेत फोनमै भनेको थियो ।
गाउँपालिका अध्यक्ष खड्काले गत वैशाखमा वडा नं– ७ का वडाध्यक्ष सुवास बोहरासँग गाउँपालिकाको सभामा विवाद भएको कुरा बताए । सो बेला बोहराकै पक्ष लिनेमध्येका एक बाबुराम रहेको उनको भनाइ छ ।
उनी वडाध्यक्ष सुवास बोहराको छिमेकीसमेत हुन् । बोहरालेसमेत बाबुराम आफूले चिनेको आफ्नै वडाको भएको बताए । त्यही विवादबाट शुरु भएको घटना यहाँसम्म आइपुगेको दाबी खड्काको छ । वडाध्यक्ष बोहराले भने खड्काको आरोप अस्वीकार गरेका छन् ।
फोनको धम्की र पैसाको बार्गेनिङ चल्दै गयो । ‘मैले ३० लाखसम्म दिने बताएँ, तर उसले अडान छाडेको थिएन, पैसा दिनका लागि नेपालगञ्ज या कोहलपुर आउन भनेको थियो,’ अध्यक्ष खड्काले भने । रातिराति फोन आउने धम्की दिने र परिवारकोसमेत अपहरण गर्ने धक्की आउन छाडेन । परिवारै पीडामा थियो ।
साउन १८ गते पनि त्यस्तै फोन आएको थियो । उसले विगत झैँ धम्की दिन छाडेन । यही साउन २० गते फेरि वडाध्यक्ष सुवास बोहराको नाम लिएर रु दुई करोडको व्यवस्था गर्नुहोस्, त्यसपछि गाउँपालिकामा जाने वातावरण बन्छ भनेर धम्की दिएको उनले सुनाए ।
अति भएपछि उनले साउन २१ गतेबाट भने सबै वार्तालापको अभिलेख राख्न शुरु गरेका थिए । त्यो अभिलेखको विवरण पेन ड्राइभमै हालेर उनले महानगरीय अपराध महाशाखालाई बुझाएका थिए ।
आर्थिक सहायता गर्ने भए गाउँपालिकाको विवाद सबै मिलाउँछौँ भनेर धम्की आउन छाडेको थिएन । पैसा नदिने भए मार्छौँ भनेपछि असह्य पीडा भयो ।
लगत्तै गृहसचिव प्रेमकुमार राईमार्फत घटना प्रहरीकहाँ पुग्यो । त्यसपछि खड्काले प्रहरीमा उजूरी दिए । त्यही उजूरीको आधारमा विगत २२ गतेदेखि महानगरीय अपराध महाशाखाले धम्की दिनेको खोजी थालेको थियो ।
गाउँपालिका–७ का वडाध्यक्ष सुवास बोहराकै कारण आफूलाई धम्की आएको दाबी खड्काको छ । वैशाख १३ को गाउँ सभामासमेत बोहरासँग ठूलै विवाद निस्किएको उनले बताए । उनले भने, ‘मलाई धेरै ठाउँबाट मिल्न दबाब आएको छ, म अडिग छु, अपराधीलाई कारवाही गर्नुपर्छ ।’
वडाध्यक्ष सुवास बोहराले गाउँपालिकाको विद्युतीकरण विषयमा विवाद हुँदा हामीलाई मिटिङबाट निकालेको र त्यसपछि अध्यक्षसँग सम्पर्क नै नभएको जिकिर गरेका छन् ।
उक्त घटनाको विषयमा बोल्दै बोहराले भने, ‘विवाद भएको चाही दुई महिना भइसक्यो, तर पक्राउ परेका व्यक्तिसँग साठगाँठ भनेर जसरी आरोप लगाइएको छ, उनीहरुसँग बोलचाल साठगाँठ मेरो केही छैन ।’ उनले शुक्रबारै विज्ञप्ति जारी गरी घटनामा आफ्नो सङ्लग्नताको खण्डन गरेका छन् ।
बाबुराम तामाङ आफ्नै वडाका व्यक्ति भएको बताउँदै उनले आफूलाई फसाउन गलत आरोप लगाइएको दाबी गरे । ‘आरोप पुष्टि गर्न भन्दै मैले विज्ञप्ति जारी गरेको छु, उनलाई धम्की कसरी गयो मलाई थाहा छैन’, वडाध्यक्ष बोहराले भने ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले पक्राउ परेका बाबुरामले लिखु हाइड्रो पावरबाट रु २० लाख र विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको भन्दै महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले आफूहरुले आपराधिक पाटोलाई मात्रै हेर्ने प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











