स्वयम्भू गोली प्रकरण: ५० लाख माग्दा ३० लाख दिन्छु भनेँ…
रामेछापको लिखु । तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निक्कै तनावमा थिए ।
अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरहयो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्किएका थिएनन् । काठमाडौँस्थित घरमा बस्थे ।
खड्काले ने, ‘यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा लगाएको छस्, एक पटकलाई केही नगरौँ भनेर छाडेका हौँ र आज त बाँचिस्, सधैँ यस्तो हुन्न, भनेर भन्यो ।’
‘मैले जे गतिविधि गरिरहेको हुन्छु त्यो सबै फोनबाट भन्थ्यो, यस्तो भएपछि कसलाई डर लाग्दैन ?’ उनले थपे ।
विक्षिप्त मन लिएर बस्दै गर्दा एकाएक शुक्रबार उनलाई प्रहरीबाट फोन आयो, ‘ल तपाईंलाई धम्की दिने मान्छे हामीले पक्राउ गरेका छौँ, ट्रमा सेन्टरमा राखिएको छ ।’
आफूलाई पैसा मागेर मार्ने भन्दै दिनहुँ धम्की दिएर सताइरहने व्यक्ति पक्राउ परेको खबरले उनीखुशी हुँदै ट्रमा सेन्टरमा गए । जब त्यो व्यक्तिलाई देखे, त्यसपछि उनी छाँगाबाट खसेजस्तै भए ।
आफ्नै गाउँपालिका–७ का व्यक्ति थिए उनी । उनको वास्तविक नाम बाबुराम तामाङ हो । तर उनले लोप्साङ र मिलनको नामसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
खड्काको उजूरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेला पारेको थियो ।
नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदासमेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
खड्काका अनुसार उनले रु दुई करोडको माग गर्दै पैसा नदिए परिवारकै अपहरण गरेर मार्ने धम्की तारन्तार दिएका थिए । यो कुरा फोन रेकर्डमासमेत छ ।
कुराकानीका क्रममा अहिले किस्तामा रु ५० लाख दिए हुन्छ बाँकी विस्तारै दिनुहोला भनेको थियो । यति गरेपछि गाउँपालिकाको विवाद सल्टिने कुरासमेत फोनमै भनेको थियो ।
गाउँपालिका अध्यक्ष खड्काले गत वैशाखमा वडा नं– ७ का वडाध्यक्ष सुवास बोहरासँग गाउँपालिकाको सभामा विवाद भएको कुरा बताए । सो बेला बोहराकै पक्ष लिनेमध्येका एक बाबुराम रहेको उनको भनाइ छ ।
उनी वडाध्यक्ष सुवास बोहराको छिमेकीसमेत हुन् । बोहरालेसमेत बाबुराम आफूले चिनेको आफ्नै वडाको भएको बताए । त्यही विवादबाट शुरु भएको घटना यहाँसम्म आइपुगेको दाबी खड्काको छ । वडाध्यक्ष बोहराले भने खड्काको आरोप अस्वीकार गरेका छन् ।
फोनको धम्की र पैसाको बार्गेनिङ चल्दै गयो । ‘मैले ३० लाखसम्म दिने बताएँ, तर उसले अडान छाडेको थिएन, पैसा दिनका लागि नेपालगञ्ज या कोहलपुर आउन भनेको थियो,’ अध्यक्ष खड्काले भने । रातिराति फोन आउने धम्की दिने र परिवारकोसमेत अपहरण गर्ने धक्की आउन छाडेन । परिवारै पीडामा थियो ।
साउन १८ गते पनि त्यस्तै फोन आएको थियो । उसले विगत झैँ धम्की दिन छाडेन । यही साउन २० गते फेरि वडाध्यक्ष सुवास बोहराको नाम लिएर रु दुई करोडको व्यवस्था गर्नुहोस्, त्यसपछि गाउँपालिकामा जाने वातावरण बन्छ भनेर धम्की दिएको उनले सुनाए ।
अति भएपछि उनले साउन २१ गतेबाट भने सबै वार्तालापको अभिलेख राख्न शुरु गरेका थिए । त्यो अभिलेखको विवरण पेन ड्राइभमै हालेर उनले महानगरीय अपराध महाशाखालाई बुझाएका थिए ।
आर्थिक सहायता गर्ने भए गाउँपालिकाको विवाद सबै मिलाउँछौँ भनेर धम्की आउन छाडेको थिएन । पैसा नदिने भए मार्छौँ भनेपछि असह्य पीडा भयो ।
लगत्तै गृहसचिव प्रेमकुमार राईमार्फत घटना प्रहरीकहाँ पुग्यो । त्यसपछि खड्काले प्रहरीमा उजूरी दिए । त्यही उजूरीको आधारमा विगत २२ गतेदेखि महानगरीय अपराध महाशाखाले धम्की दिनेको खोजी थालेको थियो ।
गाउँपालिका–७ का वडाध्यक्ष सुवास बोहराकै कारण आफूलाई धम्की आएको दाबी खड्काको छ । वैशाख १३ को गाउँ सभामासमेत बोहरासँग ठूलै विवाद निस्किएको उनले बताए । उनले भने, ‘मलाई धेरै ठाउँबाट मिल्न दबाब आएको छ, म अडिग छु, अपराधीलाई कारवाही गर्नुपर्छ ।’
वडाध्यक्ष सुवास बोहराले गाउँपालिकाको विद्युतीकरण विषयमा विवाद हुँदा हामीलाई मिटिङबाट निकालेको र त्यसपछि अध्यक्षसँग सम्पर्क नै नभएको जिकिर गरेका छन् ।
उक्त घटनाको विषयमा बोल्दै बोहराले भने, ‘विवाद भएको चाही दुई महिना भइसक्यो, तर पक्राउ परेका व्यक्तिसँग साठगाँठ भनेर जसरी आरोप लगाइएको छ, उनीहरुसँग बोलचाल साठगाँठ मेरो केही छैन ।’ उनले शुक्रबारै विज्ञप्ति जारी गरी घटनामा आफ्नो सङ्लग्नताको खण्डन गरेका छन् ।
बाबुराम तामाङ आफ्नै वडाका व्यक्ति भएको बताउँदै उनले आफूलाई फसाउन गलत आरोप लगाइएको दाबी गरे । ‘आरोप पुष्टि गर्न भन्दै मैले विज्ञप्ति जारी गरेको छु, उनलाई धम्की कसरी गयो मलाई थाहा छैन’, वडाध्यक्ष बोहराले भने ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले पक्राउ परेका बाबुरामले लिखु हाइड्रो पावरबाट रु २० लाख र विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको भन्दै महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले आफूहरुले आपराधिक पाटोलाई मात्रै हेर्ने प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












