पोखरामा २ लाख बढी रकमसहित ३४ जुवाडे पक्राउ
काठमाडाैं । कास्की प्रहरीले पोखरामा जुवातास खेल्ने ३४ जनालाई विभिन्न ठाउँबाट २ लाख २१ हजार ९ सय ९० रुपैयाँसहित पक्राउ गरेको छ ।
चाड पर्व नजिकिदै गएपछि जुवा तास खेल्नेहरुमाथि कडाई गर्दै कास्की प्रहरीले शनिवार र आइतबार राती पोखरा महानगरपालिका ५, ८, ३२ र १६ वडाबाट अवैध रुपमा जुवातास खेल्ने ३४ जना पक्राउ गरेको कास्कीका प्रहरी प्रमु|ख एसपी दानबहादुर कार्कीले बताए । पक्राउ परेका जुवाडेहरुलाई जुवा मुद्धा अन्तर्गत म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उनले जनाए ।
पोखरा महानगरपालिका ५ पर्स्याङ् स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार जुवा तास खेलीरहेको अवस्थामा ४ बुक तास सहित ८ जना व्यक्ति पक्राउ परेको प्रहरीले प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ एक्काइस हजार १ सय ४० रुपैया फेला पारेको छ ।
त्यसैगरी शनिबार नै पोखरा ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको निरज होटलको तेस्रो तल्लामा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा ४ बुक तास सहित सहित ७ जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । साथै उनीहरुको साथबाट प्रहरीले ६२ हजार ८ सय ३५ रुपैया बरामद गरेको छ ।
पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा जुवातास खेलाइरहेको अबस्थामा आइतवार ४ बुक तास सहित सहित ११ जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । उनीहरुबाट प्रहरीले ३२ हजार ८ सय १५ रुपैया बरामद गरेको छ ।
त्यसैगरी पोखरा १६ दिप स्थित दुर्गा घलेको घरमा प्रहरी टोलीले जुवा तास खेली खेलाईरहेको अबस्थामा ३ बुक तास, जुवातास खेल्ने खेलाउने दुर्गा घले सहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २५ हजार २ सय रुपैया बरामद गरेको जनाएको छ ।
एसपी कार्कीले पोखरामा जुवा तास खेल्नेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको भन्दै पोखराको सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरीले सक्रियता बढाएको जनाए । कार्कीक अनुसार पक्राउ परेका सबैलाई जुवा मुद्धा अनुसार अनुसन्धान भइरहेको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











