एमबीएस प्रथम वर्षको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ
एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका -१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन्।
उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ।
Comments
अरु समाचार
-
दुबई पठाइदिने भन्दै १९ लाख ठग्ने दुईजना प्रहरी नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
-
सार्वजनिक शौचालयमा नवजात शिशु फेला
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेको छ । थाहा नगरपालिका–४ शिखरकोटस्थित...
-
१० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ
काठमाडौं । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल सहित ३...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ...
-
काठमाडौँको बौद्धबाट २० जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार २० जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको...
-
आठ लाखसहित १२ जना जुवाडे पक्राउ
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
काठमाडौं । झापा मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...