जोखिम मोलेर बढ्दै कोशोरी आमा
काठमाडाैं । कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ ।
पनौती नगरपालिका–१० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्कअनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना त २० वर्षभन्दा कम उमेरका किशोरी छन् ।
सो अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्नेको सङ्ख्या बढिरहेको छ ।” साथै किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिक सबै प्रकारको समस्याका बारेमा सम्झाएर पठाउने गरेको जानकारी उहाँले दिनुभयो । राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार २२ हजार १४७ जनाले प्रसूति सेवा लिएकामा दुई हजार ६८५ जना २० वर्षभन्दा कम उमेरका छन् ।
त्यति मात्र होइन, सात जना १२ देखि १४ वर्ष उमेर समूहका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यस्तै महाराजगञ्जस्थित शिक्षण अस्पतालको तथ्याङ्कले पनि किशोरी उमेरमा आमा बन्नेको सङ्ख्या अहिले पनि कायमै रहेको देखाउँछ । गत आर्थिक वर्षमा त्यस अस्पतालमा प्रसूति सेवा लिएका पाँच हजार ९१ जनामध्ये १७० जना २० वर्षभन्दा कम उमेरका थिए । गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी ९संहिता० ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको २० वर्ष तोकिएको छ ।
उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी ९जबर्जस्ती वा ललाइफकाई० विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुने अधिवक्ता राजु खड्का बताउनुहुन्छ । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको अधिवक्ता खड्काको भनाइ छ । सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











