ज्ञानेन्द्र शाहीको वितण्डा, विमान ढल्किने गरी गरे हुलहुज्जत
काठमाडौं । नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज गर्दा उडान थप ढिला भएको बुद्ध एयरले स्पष्टीकरण दिएको छ ।
सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ । तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ ।
जहाजभित्र आक्रोशित समुहले मन्त्रीका कारण १ घन्टा पर्खाइएको दावी गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै आएका छन् ।
बुद्ध एयरको प्रष्टिकरण भट्टराईको दाबीसँग नजिक छ । पत्रमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो । यसमध्ये ६-८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको पत्रमा उल्लेख छ ।
‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो,’ पत्रमा भनिएको छ ।
हुलहुज्जतले विमान ढल्कियो
पत्रमा उल्लेख भएअनुसार यात्रुहरुलाई ६ः३० बजे विमानमा बोर्डिङ गराइएको थियो । त्यसअघि मन्त्रीका सहयोगीले ६ः२५ बजे नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएका थिए ।
तर, फोनमा जानकारी गराइएभन्दा केही ढिला मन्त्री एयरपोर्ट प्रवेश गरेको बुद्ध एयरको भनाइ छ । विमानमा बसेको १० मिनेटसम्म जहाज नउडेपछि ६ः४० बजे १४/१५ जनाको समूह परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्किएको र कर्मचारीहरुसँग विवाद गरेको पत्रमा उल्लेख छ ।
विज्ञप्तिः
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











