ज्ञानेन्द्र शाहीको वितण्डा, विमान ढल्किने गरी गरे हुलहुज्जत
काठमाडौं । नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज गर्दा उडान थप ढिला भएको बुद्ध एयरले स्पष्टीकरण दिएको छ ।
सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ । तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ ।
जहाजभित्र आक्रोशित समुहले मन्त्रीका कारण १ घन्टा पर्खाइएको दावी गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै आएका छन् ।
बुद्ध एयरको प्रष्टिकरण भट्टराईको दाबीसँग नजिक छ । पत्रमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो । यसमध्ये ६-८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको पत्रमा उल्लेख छ ।
‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो,’ पत्रमा भनिएको छ ।
हुलहुज्जतले विमान ढल्कियो
पत्रमा उल्लेख भएअनुसार यात्रुहरुलाई ६ः३० बजे विमानमा बोर्डिङ गराइएको थियो । त्यसअघि मन्त्रीका सहयोगीले ६ः२५ बजे नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएका थिए ।
तर, फोनमा जानकारी गराइएभन्दा केही ढिला मन्त्री एयरपोर्ट प्रवेश गरेको बुद्ध एयरको भनाइ छ । विमानमा बसेको १० मिनेटसम्म जहाज नउडेपछि ६ः४० बजे १४/१५ जनाको समूह परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्किएको र कर्मचारीहरुसँग विवाद गरेको पत्रमा उल्लेख छ ।
विज्ञप्तिः
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











