आइजीपी खनाललाई बर्खास्त गर्ने सरकारको तयारी, एआइजी कार्कीलाई कार्यकारी बनाइदै !
काठमाडाैं । सरकारले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई वर्खास्त गर्ने तयारी तीब्र पारेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार महानिरिक्षक खनालले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेकोबारे अख्तियारले अनुसन्धान थालेपछि उनलाई बरखास्त गर्ने तयारी थालेको हो ।
यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ । उनलाई बर्खास्त गर्ने तयारी थालेसँगै सरकारले प्रहरी तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको सरुवा निर्णय गर्यो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरी मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्ने जिम्मेवारी दिइएको छ । मुख्यालयमा रहेका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
कार्की खनाल आइजीपी बन्ने बेलाका प्रमुख दावेदार थिए । त्यसबेला देखि नै उनीहरुबीच बोलचाल नभएको प्रहरी स्रोतले जनाउने गरेको छ । तर, अहिले सरकारले कार्कीलाई उनको मातहतको मुख्य जिम्मेवारीमा पठाएपछि खनाललाई सेरोमोनियन बनाउने रणनीतिमा सरकार लागेको जनाइन्छ ।
कार्की इमान्दार र क्षमतावान प्रहरी अधिकारी भएकाले उनलाई कार्यकारी भुमिकामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा मुख्यालय तानिएको हो । खनाललाई बर्खास्त गर्नेबारे भने टुंगो लागि नसकेको जनाइन्छ । उनलाई चिनियाँ राष्ट्रपति सी जीन फिङको नेपाल भ्रमण अगाडी बर्खास्त गर्ने वा पछाडी भनेर टुंगो नलाग्दा उनको कार्यकालबारे अहिले नै भन्न नसकिने गृह स्रोतको दाबी छ ।
खनालले सरकारलाई नसोधी नेपालको परराष्ट्र नीति विपरित भारत पाकिस्तान प्रकरणमा समेत सहमति जनाएर सरकारलाई खबर समेत गरेका थिएनन् । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा समर्थन जनाएर नेपालको परराष्ट्र नीतिमाथि ठाडो उल्लङघन गरेको सरकारको बुझाई रहेको थियो ।
(पहिलो) भीभीआइपी/भीआइपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरिएको अभियोग खनालमाथि छ। (दोस्रो) बुट, सर्ट/पाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा भ्रस्टाचार आरोपमा अख्तियारले छानबिन गरिहेको छ। (तेस्रो) महानिरीक्षक खनालले गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट आर्थिक अनियमितता गरी स्वीकार गरेको अभियोग छ।
अख्तियारले तीब्र रुपमा अनुसन्धान गरिरहेका यी तीन वटै प्रकरणमा करोडौंको घोटाला भएको अनुमान छ। यसको केन्द्रमा प्रहरी महानिरीक्षक खनाल छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











