महरा प्रकरणमा एकपछि अर्को ट्विस्ट, कसरी पाक्दै छ सत्ताको खिचडी ?
काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रकरणमा नयाँ नयाँ ट्विस्ट देखा पर्दै गएका छन् ।
केहिदिन पहिले महहराले आफूलाई बलात्कार गरेको बनेर प्रहरीको हटलाइन १०० मा फोन गरेर जानकारी गराएकी रोशनी शाहीले बयान फेरेकी मात्रै छैनन् । उनले प्रहरीमा महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा उजुरी समेत दिएकी छन् ।
यस्तो उजुरी परेपछि प्रहरीले छानविन गर्ने बाटो समेत लगभग बन्द जस्तै बनेको छ । भिभिआईपी प्रकरण भएकाले मिडिया कभरेजका साथै अन्य कुराहरु समेत छरपस्ट बन्न पुगेका छन् ।
फेरी रोशनी र उनका श्रीमान चित्रजंग शाहीले समेत आज डिभोर्स गरेको भन्दै एउटा सानो नोट सार्वजनिक गरेका छन् । फेसबुक मार्फत । श्रृंखलाबद्ध घटनाहरुले बलात्कार प्रकरणमा केहि रहस्य लुकेको हुनसक्ने भन्दै विभिन्न अड्कलबाजी समेत लगाइन थालेका छन् ।
रोशनीका श्रीमान लमजुङबाट नफर्किएसम्म महराले उनलाई बलात्कार गरेका थिए । तर, जब उनी काठमाडाैं फर्किए त्यसलगत्तै रोशनीले बयान फेरिन । भन्न थालिन महरा सर मेरा बाउ समानका मान्छे हुन् । मैले आवोगमा आएर यस्तो भनेको हुँ । यसरी विकशित भएका घटनाक्रमले विस्तारै यसबीचमा कुनै नयाँ गतिविधिको विकास भइरहेको छनक भने पक्कै देखाएको छ ।
महराबाट कुनै गलत नै भएको थिएन भने सभामुख पदबाट राजीनामा किन दिए ? पार्टीले कसैले मिथ्या आरोप लगाएकै भरमा राजीनामा गर्न बाध्य बनायो त ? यस्तो भन्न सकिने अवस्था समेत रहन्न । कारण हो पार्टीले सभामुख र सांसद पदबाट राजीनामा दिन दिएको निर्देशनलाई लत्याएर महराले मात्रै कामकाजी राजीनामा दिए । त्यो पनि सर्त सहितको । त्यसपछि उपसभामुखले राजीनामा दराजमा थन्क्याएर राखिदिने भन्दै धम्की दिएपछि उनले सुटुक्क दोश्रो राजीनामा दिन बाध्य भए । सांसद पदबाट भने उनले राजीनामा दिएनन् ।
रोशनीका श्रीमान काठमाडाैं आएपछि मोडिएको घटनाक्रमका कारण सबैको निशानामा चित्रजंग शाही परिसकेका थिए । यसैबीचमा उनले श्रीमतिसँगको २८ वर्षे वैबाहिक जीवनयात्रामा विश्राम लगाएको भन्दै सानो चिट दुवैजनाको हस्ताक्षर भएको कुरा सार्वजनिक गरे । कारण उनी यो मेलमिलापबाट जोगिन हो भन्नेहरुको कमी छैन् ।
यद्यपी अब यो प्रकरणमा सरकार र सम्बन्धित निकायले कसरी हल गर्छन भन्ने कुरा भने रोचक हुनेछ । सत्ताको उन्मादमा न्याय बेचिन्छ की सत्यतामा ढालिन्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











