निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी !
काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडाैंले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले याैन दुराचारको आरोप लागेका महराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । महरालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाउन अदालतले आदेश दिएको छ ।
निवर्तमान सभामुख महरालाई प्रतिनिधिसभा सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै गएको शनिबार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार शाहीद्वारा महराविरुद्ध जाहेरी परेपछि प्रहरीले आज आइतबार अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । शनिबार अदालत बन्द हुने भएकाले आइतबार मात्रै नेपाल प्रहरीले अदालतसमक्ष महरालाई पक्राउ गर्न अनुमति मागेकाे हाे ।
जिल्ला अददालत काठमाडाैंले असोज १० गते दशैं बिदाको बेला पक्राउ पुर्जी जारी गर्न भन्दै बिहान ११ बजेदेखि ३ बजेसम्म पक्राउ पुर्जी जारी गर्न सार्वजनिक रुपमा सुचना जारी गरेको थियो । असोज १२ गतेदेखि २६ गतेसम्म शनिबार दशैंको दिन बाहेक पक्राउ पुर्जी जारी गर्ने सुचनामा उल्लेख थियो ।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...