ताजा समाचार

मृगाैला बिक्रिको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

काठमाडाैं । एक व्यक्तिको नामममा अर्कै व्यक्तिको मृगाैला झिकेको आरोपमा प्रहरीले निदान अस्पतालका कार्यकारी निर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।

ललितपुरस्थित निदान अस्पताल प्रालीले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगाैला झिकेर किनबेच तथा प्रत्यारोपन गराएको आरोपमा प्रहरीले अस्पतालका सीईओ विपेन्द्र प्रधान,कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले आज उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । एक व्यक्तिको नामको मृगाैला अर्कै व्यक्तिलाई बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org