पक्राउको कडा प्रतिवादको चेतावनी दिदै विप्लवले भनेः वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई अवरोध गर्न खोज्नेहरु खरानी हुनेछन्
काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा कडा प्रतिवाद गर्ने जनाएको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ति जारी गर्दै कडा प्रतिवाद गर्ने जनाएको छ ।
जसले वैज्ञानिक समाजवादमा पुग्ने यात्रामा अवरोध कसैले गर्न नसक्ने र कसैले गर्न खोजे त्यो आफै अन्तिममा खरानी भएर जाने चेतावनी दिइएको छ ।
विप्लवले विज्ञप्ति जारी गर्दै राप्ती ब्युरोको बैठक र राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट राति २ बजे आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु ‘सामाजिक फासीवादी’ कार्य भएको टिप्पणी गरेका छन् । ‘उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’
प्रतिबन्धित नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरु सविन, युवा संगठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेको जनाएको छ ।
कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिको मूल्य रहेको पनि सो पार्टीले प्रष्ट पारेको छ । ‘जनताको मुक्ति एवं वैज्ञानिक समाजवाद–साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ता यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












