विद्यार्थीको कलिला गोडामाथि ट्रक गुड्यो, प्रहरीको गोलीबाट १४ घाइते
बाँके । कोहलपुरको त्रिभुवन माविमा कक्षा सातमा पढ्ने १२ बर्षीय प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ उनलाई ट्रकले किच्यो, लछारेर अलि परसम्म पुर्यायो। उनका दुवै खुट्टा वीभत्स ढङ्गले किचिएका छन्।
स्कुल आउने विद्यार्थीको घुइँचो बढ्दै थियो। स्कुले बालिकालाई ट्रकले किचेपछि कोहलपुरमा तनाव उत्पन्न भयो। घटना देखेर उनका सहपाठी र साथीहरु आक्रोशित भए। तिनले प्रकृतिलाई किच्ने ना२ख ९४५९ नम्बरको ट्रकमा तत्कालै आगो लगाए।
विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै गयो। त्यही क्रममा प्र्रहरी त्रिभुवन माविमा छिर्यो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो। त्यसपछि विद्यार्थी झन् आक्रोशित भए। प्रहरीमाथि ढुङ्गामुढा हाने। प्रतिवादमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्यो।
भीड यिनन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर १४ प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सैयौं राउन्ड रबर बुलेट, हवाई फायर र अश्रुग्यासको सेल प्रहार गरेको छ।
ट्रकले किचेर गम्भीर घाइते बनेकी चन्दलाई दिउँसो सवा तीन बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाईएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











