इरानले फेरी गर्यो अमेरिकी सैनिक अड्डामा मिसाइल हमला
एजेन्सी । पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ।
सोही सिलसिलामा आज पनि इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ। इराकको एक सैन्य बेस क्याम्पमा इरानले एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो । यो आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् ।
इरानको सरकारी टेलिभिजन च्यानल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो ।
इरानी गार्डहरूले भन्दै आएका छन् कि उनीहरूको जनवरी८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि थिएन । तथापि, अहिले यो कुरा स्पष्ट भएको छ, इरानको अमेरिकाबिरूद्धको दृष्टिकोण अहिलेसम्म परिवर्तन भएको छैन र उ आक्रामक रणनीति नै अख्तियार गरिरहेको छ ।
यद्यपि,अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ । तर दुई देश बीचको सम्बन्ध सामान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ। यस्तो अवस्थामा दुई देशबीचको तनाव अझ बढ्न सक्ने संकेत देखिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।अघिल्लो हप्ता अमेरिकी सेनाको आक्रमणमा इरानी सेनाका कमाण्डर सुलेमानीको हत्या भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











