भतिजी अपहरण गरेर १६ लाख मागेपछि…
काठमाडाैं । ‘म ग्रीष्माको बाबा बोलेको, ग्रीष्मालाई सन्चो छैन, आज छोरी लिन आउन भ्याउँदिनँ, भाइसँग पठाइदिनुहोला’ आइतबार बिहान करिब ११ बजे मध्यपुर थिमि-५ निकोसेरास्थित ग्लोरी इङलिस बोर्डिङ स्कुलमा फोन आयो ।
फोनमा भनेअनुसारै ग्रीष्मा राउतलाई लिन १२ बजेर १० मिनेटमा अपरिचित व्यक्ति हेलमेट लगाएरै स्कुल प्रवेश गरे । स्कुलका शिक्षकले ती व्यक्तिलाई हेलमेट खोल्न लगाए । ग्रीष्मालाई शिक्षकले ‘उहाँलाई चिन्छौ नानी ?’ भनेर सोधे । ग्रीष्माले ‘चिन्छु, उहाँ अंकल हो’ भनिन् ।’ ग्रीष्मा सोही स्कुलमा यूकेजीमा अध्ययनरत छिन् ।
त्यसपछि शिक्षकले ग्रीष्मालाई अपरिचतको जिम्मा लगाए । ग्रीष्मालाई लिएर ती अपरिचित व्यक्ति ‘पार्टीमा जानु छ, उतै हिँड’ भनेर एनएस ब्रान्डको बा९६प १६२० नम्बरको मोटरसाइकलमा राखेर लगे । पार्टीमा लैजाने भनेर ग्रीष्मालाई ती अपरिचितले सूर्यविनायकस्थित घ्याम्पेडाँडा जंगलमा पुर्याए ।
ग्रीष्मालाई चकलेट दिएर फकाएका उनले जंगलमा पुर्याएपछि मुखमा रुमाल र डोरीले उनको शरीर रुखमा बाँधेर छोडे । त्यसपछि करिब १ बजे ती अपरिचितले ग्रीष्माका बुबा कुबेर राउतलाई फोन गरे । ‘१६ लाख लिएर आउनू, नत्र छोरी ज्युँदो रहँदिन’ भन्दै धम्की दिए ।
कुबेरले स्कुलमा फोन गरे । छोरी कसको जिम्मा पठाएको भनेर सोधेपछि पो स्कुलका शिक्षकले ग्रीष्मा अपहरणमा परेको बल्ल थाहा पाए । यो खबर आजको कान्तिपुर दैनिकमा लीला श्रेष्ठले लेखेकी छन्।
अपहरणको करिब २ घण्टापछि मात्रै यो घटनाबारे सूचना प्रहरीमा पुग्यो । त्यहीबीच घ्याम्पेडाँडा घुम्न गएका बिघसिंह कार्की र सुभेच्छा नेपालले जंगलमा बच्चा रोइरहेको आवाज सुने ।
ख्वप इन्जिनियरिङ कलेजमा स्नातक दोस्रो वर्षका यी दुई विद्यार्थी आइतबार साढे १२ बजे साथीसँगै त्यहाँ घुम्न गएका थिए । ‘एक व्यक्तिले मोटरसाइकलमा बालिकालाईअप्ठ्यारो बाटो लगेको थियो, हामीलाई लाग्यो कुनै आफन्त होला,’ बिघले भने, ‘आधा घण्टापछि बालिका रोएको आवाज सुन्यौं । पछि सोही बालिकाको घाँटीमा टालाले बाँधेको देख्यौं, रूखमा डोरीले बाँधेर मोटरसाइकलवालाले तिम्रो बाबालाई लिएर आउँछु भन्दै भागेको रहेछ।’
बिघ बालिका रहेका ठाउँमा पुगेर शरीर र घाँटीमा बाँधेको टालो र डोरी फुकाइदिए । सोधखोज गर्दा ग्लोरी इङलिस स्कुलका विद्यार्थी रहेको उनले थाहा पाए । रोइरहेकी ग्रीष्मालाई उनीहरूले करिब २ बजेर ३० मिनेटमा स्कुल पुर्याइदिए । संजोग नै भन्नुपर्ला, बिघसिंह पनि त्यही स्कुलका पूर्वविद्यार्थी रहेछन् ।
त्यसपछि प्रहरी विद्यालय पुगेर अनुसन्धान गर्दा अपहरणकारी आशिष थापा रहेको खुल्यो । आशिष र ग्रीष्माका बुबा कुबेर मामा र फुपूका छोरा रहेको खुल्यो।
अपहरणमा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले पत्ता लगाउन सक्ने भन्दै आशिषले सातदोबाटोस्थित साथी आशिष भण्डारीको घरमा पुर्याए । भण्डारीको बा९०प ७०० नम्बरको मोटरसाइकलबाट फर्किएका आशिषलाई पछि मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकबाट प्रहरीले पक्राउ गर्यो ।
उनलाई मोटरसाइकल दिने भण्डारीलाई पनि साँझ नियन्त्रण लिएको छ । महानगरीय प्रहरी वृत्त थिमीका डीएसपी शान्तिराज कोइरालाले अपहरणकारी सर्लाही लालबन्दी नगरपालिका–५ घर भई मध्यपुर थिमि–६ बस्ने २० वर्षीय आशिष थापा रहेको बताए ।
प्रहरीले अपहरणकारी पक्राउ गर्न सीसीटीभी फुटेजका आधारमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको थियो । फिरौती मागेपछि कुबेर १६ लाख रुपैयाँ र प्रहरीलाई साथमा लिएर गएका थिए । त्यही क्रममा आशिष एसएसचोकबाट साँझ ५ बजेर २० मिनेटमा पक्राउ परेका हुन् ।
स्कुलका प्रिन्सिपल शंकरकर्ण कायस्थले अपरिचितले बालिका अपहरण गर्न पहिले नै योजना बनाएको र बालिकाले पनि चिन्छु भनेर मात्रै आफूहरूले दिएको बताए ।
‘ग्रीष्माका बुबाको नाटक गरेर अपहरणकारी आएका रहेछन्, ग्रीष्माले पनि अपहरणकारीलाई चिन्छु भनेपछि समस्या भयो,’ उनले भने । कुबेरले प्रहरीसँग भने, ‘ऊ मेरो मामाको छोरो, म फुपूको छोरो, ग्रीष्मा अपहरणकारीकी भतिजी पर्छिन्, खै किन अपहरण गरेको हो, केही थाहा छैन।’
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











