भ्यालेन्टाइन वीकको पहिलो दिनः आज रोज डे
यस वर्षको भ्यालेन्टान विक आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ ।
भ्यालेन्टाइन विक आज ७ फेबु्रअरीदेखि प्रारम्भ भएर १४ फेब्रुअरी भ्यालेन्टाइन्स डेसम्म चल्ने छ । भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक-अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् । यसका साथै एक-अकर्ँसंग विशेष डेट प्लान समेत गर्छन् । आफ्नो नजिकको व्यक्तिलाई धेरै प्रकारका गुलावका फूल उपहारमा दिन्छन् र आफूलाई उक्त व्यक्ति कतिसम्म विशेष छ भन्ने कुरा व्यक्त गर्छन् ।
रातो रंगको गुलास रोमान्सको प्रतीक हो भने पहेंलो रंगको गुलाव नजिकका साथीहरुलाई दिने गरिन्छ । यदि तपाईंहरु केवल साथीभन्दा धेरै माथिको सम्बन्धमा हुनुहुन्छ तर प्रेमीको सम्बन्धबाट कमै हुनुहुन्छ भने तपाईंले आफ्नो विशेष साथीलाई गुलावी रंगको गुलाव प्रदान गर्न सक्नु हुन्छ ।
यदि तपाईं कसैसंग रिसाउनु भएको छ भने रोज डेको दिन आफ्ना पुराना कुराहरुलाई बिर्सिएर दोस्रो पटक पुनः साथी बन्नका लागि हात अगाडि बढाउन सक्नु हुनेछ । यसका लागि तपाईंले त्यो व्यक्तिलाई सेतो रंगको गुलावको फूलको गुच्छा नै प्रदान गर्न सक्नु हुनेछ ।
केवल रातो गुलावमात्र होइन, भ्यालेन्टाइन्स डेको मौकामा अन्य रंगका गुलावहरु पनि उपहारको रुपमा प्रदान गर्न सकिन्छ ।
कस्तो रंगको गुलावको कस्तो अर्थ ?
रातो गुलाव- प्रेम दर्शाउनका लागि
पहेंलो गुलाव-मित्रताको नयाँ सुरुवातका लागि
सेतो गुलाव- सरी भन्नका लागि
पिंक गुलाव- धन्यवाद भन्नका लागि
सुन्तले गुलाव- कुनै त्यस्तो व्यक्तिका लागि जो साथीभन्दा माथि छ
बैजनी गुलाव- पहिलो नजरको प्रेमका लागि
यसपटक कहिले कुन डे ?
भ्यालेन्टाइन विकको पहिलो दिन अर्थात आज फेब्रुअरी ७ का दिन रोज डे मनाइन्छ । त्यसपछि फेब्रअरी ८ (शनिवार) का दिन प्रपोज डे, फेब्रअरी ९ (आइतबार) चकलेट डे, फेब्रुअरी १० (सोमबार) टेडी डे, फेब्रअरी ११ (मंगलबार) प्रोमिस डे, फेब्रुअरी १२ (बुधवार) हग डे, फेब्रुअरी १३ (बिहिबार) किस डे तथा अन्त्यमा फेब्रअरी १४ (शुक्रवार) का दिन भ्यालेन्टान्स डे मनाइन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












