सानेपा घटनाः धारिलो वस्तु प्रहार गरी पूर्वसचिव पत्नीको हत्या गरेको आशंका
काठमाडाैँ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेकाे देखिएकाे प्रहरीले जनाएकाे छ।
महानगरीय प्रहरी कार्यालयले मुनामाथि धारिलाे वस्तु प्रहार गरेकाे घटनास्थलकाे वस्तुस्थितिअनुसार प्रारम्भिक अनुसन्धानमा देखिएकाे जनाएकाे हाे।
ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा साेमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए। मुना सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती हुन्।
मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि नजिकैको स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।
‘घट्नास्थलको अवलोकन गर्दा मुना कार्कीको धारिलो चीजले प्रहार गरेको देखिन्छ भने कामदार विजय चौधरी झुन्डिएर मृत्यु भएको देखिन्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले नेपालखबरसँग भने।
पूर्वसचिव अर्जुन कार्की।
उनका अनुसार सो घटना पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला भएको देखिन्छ। एकाबिहानै पशुपति दर्शन गर्न गएका पूर्वसचिव कार्कीले घर फर्किँदा उक्त विभत्स दृश्य देखेका थिए।
घटना देखेलगत्तै उनी बेहोस भएको बताइएको छ। पछि कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएको थियो। त्यसलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











