पूर्वसचिव कार्की पत्नीको हत्या, सीसीटीभि फुटेजमा जे जे देखियो…
काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै हत्या भएको छ।
१२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृत भेटिएका छन् ।
सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको शव भेटिएको हो । कार्कीको शव टाउकोमा गम्भीर चोट लागेको र अनुहार कपालले छोपिएको अवस्थामा थियो ।
चौधरीको घाँटीमा पासो लागेको र डोरी चुँडिएको अवस्थामा थियो । आधा डोरी उनी ढलेको ठीक माथि भर्याङको रेलिङमा झुन्डिएको थियो ।
अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको हत्या चौधरीले नै गरेको पुष्टि भएको बताए ।
‘हामीले सिसिक्यामेरा फुटेज अध्ययन गयौँ । फुटेज अध्ययन गर्दा कार्कीको हत्या चौधरीले नै गरेको देखिन्छ, कन्फ्युजन हुनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने, ‘तर, घटनाको कारण बुझ्न सकिएको छैन । हामी अध्ययन गर्दै छौँ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए ।
आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार कार्कीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार घटनास्थल मुचुल्काका क्रममा चौधरीको अन्डरवेयरभित्र वीर्यजस्तै देखिने चिप्लो पदार्थ भेटिएको छ । अन्डरवेयरको केही भागमा रगत लागेको पनि देखिएको छ । मृतक कार्कीको मासिक चक्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
‘चौधरीको अन्डरवेयरमा शंकास्पद वस्तु फेला परेका छन् । तर, परीक्षण हुन सकेको छैन,’ महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘झुन्डिएको मान्छेको शरीरको कुनै अंगबाट तरल पदार्थ निस्किनु स्वाभाविक पनि हुन सक्छ । त्यसैले थप अनुसन्धान आवश्यक छ।’
सिसिक्यामेरा फुटेजमा प्रहरीले जे देख्यो
कार्की निवासमा मूलगेट र भान्छाअगाडि प्यासेजमा सिसिक्यामेरा जडान छ । घटनाको अनुसन्धान गर्न प्रहरीलाई तिनै सिसिक्यामेरा फुटेजले सहज बनायो । प्रहरीका अनुसार बिहान करिब ९ बजे विजय चौधरी घरको मूलगेटमा देखिन्छन् । गेटमा उनले कसैलाई बिदा गरिरहेको देखिन्छ । गेट बन्द गरेर उनी सरासर घरभित्र छिर्छन् । मुना कार्की १०: ०० बजे भान्छामा काम गरिरहेकी देखिन्छिन्।
एकसुरमा काम गरिरहेकी कार्कीको पछाडि चौधरी खल्तीमा हात हाल्दै ओहोरदोहोर गरिरहेका देखिन्छन् । १०: १० बजे चौधरीले कार्कीलाई पछाडिबाट डोरीले घाँटीमा अँठ्याउँछन् ।
करिब १३ मिनेटसम्म भुइँमा दबाएर राख्छन् । त्यसपछि चौधरीले सातपटकसम्म पिर्काले हान्छन् । सिसिक्यामेरामा पिर्का उठाएको देखिए पनि बजारेको भाग देखिँदैन । कार्कीको टाउकोमा रगतको भल बग्ने गरी चोट लागेकाले पिर्काले नै हानेको प्रहरी निष्कर्ष छ ।
कार्कीको मृत्युपछि चौधरी शव छोडेर ११: ०८ बजेसम्म घरभित्रै डुलिरहेका देखिन्छन् । त्यसपछि उनी भर्याङ चढे, रेलिङमा पासो लगाएर झुन्डिए । तर, पासो बलियो नहुँदा चुँडियो । उनी भुइँमा पछारिए । चोटका कारण उनको पनि मृत्यु भयो।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घरेलु कामदारबाट उपत्यकामा तीन वर्षमा तीनको हत्या भएको बताए । ‘सानेपासहितको घटना जोड्दा घरेलु कामदारकै कारण दुई वर्षमा तीनजनाको हत्या भएको देखिन्छ । घटना अनुसन्धान गर्दा अधिकांशमा आर्थिक कारण देखिन्छ ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए ।
‘घरेलु कामदारबाट हुने हत्या नेपालमा मात्र होइन, भारतमा समेत बढेको विभिन्न तथ्यांकले देखाउँछन्,’ उनले भने, ‘आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण बढी देखिन्छन्।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











