ललिता निवास जग्गा प्रकरणः गच्छदारसहित १७२ जनालाई पक्राउको बाटो खुल्यो
काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जना मध्ये १७२ जनाविरुद्द गठी मुद्दा दर्ता भएको छ।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले गृहमन्त्रालयको जाहेरीमा मुद्दा दर्ता गरेसँगै आरोपीहरुलाई पक्राउ गरेर मुद्दा अघि बढाउने बाटो खुलेको हो।
‘यो प्रकरणमा जोडिएकाहरुविरुद्द ठगी मुद्दा दर्ता भएको हो,’ सीआइबीका प्रवत्तासमेत रहेका एसपी बेलबहादुर पाण्डेले भने, ‘हामी यसबारेमा गहिरो अनुसन्धानमा छौं।’ सीआईबीले कांग्रेसका उपसभापतिसमेत रहेका विजय कुमार गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियारका पुर्वप्रमुख दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहितलाई मुद्दा चलाउन माग गरेको थियो।
गृहको जाहेरी अनुसार आरोपी भनिएकाहरु अदालतबाट दोषी ठहर भए १० वर्षसम्म कैद, सम्पत्ति जफत र अख्तियारले तोकेको विगो बराबरको जरिवाना तिर्नुपर्ने छ। सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको थियो।
जग्गा खरिदबिक्रीमा संलग्नमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने ब्युरो प्रहरीले जनाएको छ। ठगी र कीर्ते मुद्दा चलाउन गृह मन्त्रालयले लिखित उजुरी दिएसँगै पक्राउको बाटो खुलेको हो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












