कक्षा कोठामा शिक्षकले सुम्सुम्याएको भन्दै १३ वर्ष मुनीका ४५ छात्राले दिए सामुहिक उजुरी
ललितपुर । ललितपुरको चांपाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरुले १ फागुनमा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरुमाथि अन्याय भएकोले छानविन गर्न’ हस्तलिखित सामुहिक उजुरी दिए।
३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले दिएको उजुरीमा लेखिएको छ, ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ। केटीहरुलाई ढाडमा सुम्सुम्याउने, छात्तितिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने। हामी यस्तो समस्यामा परेका छौँ। हामी यस्तो अत्याचार सहन सक्दैनौँ। नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले तपाईंहरुले छानविन गरिदिन अनुरोध गर्दछौँ।’
आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेको समाचार अनुसार आरोपित शिक्षक नन्दप्रसाद निरौता उक्त विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउँछन्।
छात्राहरुको उजुरीपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो। गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेको भन्दै हाजिरी जमानीमा प्रहरीले निरौलालाई छाड्यो।
सोमबार हाजिरी जमानीमा आएका आरोपित शिक्षकलाई पुनः प्रहरीले हिरासतमा राखेको छ।
उजुरीको अघिल्लो पृष्ठमा १९ जनाले र पछिल्लो पृष्ठमा २६ छात्राले हस्ताक्षर गरेका छन्। छात्रा सबै १३ वर्ष मुनीका छन्।
विद्यार्थीका अभिभावकले यसको चाँडो र निष्पक्ष छानविन हुनुपर्ने बताएका छन्।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











