ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले बताए । लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए ।
त्यसैगरी सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गर्दै गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई हाल काठमाडौ बस्ने १८ वर्षीय पुजन लिम्बू र काभ्रे घर भई हाल काठमाडाैं डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ । प्रवक्ता गिरीले पक्राउ परेका लिम्बूको साथबाट ताल्चा फुटाउने एक थान छिनो र नगद रु पाँच हजार ३१५ र तामाङको साथबाट एक थान खुकुरी रु १५ हजार ५०० बरामद गरी अनुसन्धान शुरु गरेको बताए ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











