जब कालिमाटीका एक युवाले फेसबुक लाइभ गर्दै आत्महत्याको प्रयास गरे…
काठमाडाैं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो।
फेसबुकमार्फत प्रहरीलाई आएको सूचना आत्महत्याको प्रयास गरिरहेको एउटा लाइभ भिडियोसँग सम्बन्धित थियो।
आजको कान्तिपुर दैनिकका अनुसार फेसबुकले दिएको सूचनाका आधारमा सिआईबीले कालीमाटी नजिकैको एक युवाले आफूलाई बाच्न मन नलागेको त्यसैले आफूले आफैलाई सिध्याउने प्रयास गरिरहेको भन्दै आफूले आफ्नै छातीमा चक्कु प्रहार गर्दै फेसबुकमा लाइभ गरिरहेका थिए।
दुई वर्ष अघि फेसबुकले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधीको प्रयोगमार्फत फेसबुकमा आत्महत्या गर्ने संकेत भएको पोस्ट, फोटो, भिडियो वा लाइभबारे स्वचालित रुपमा सूचना संकलन गरी सम्बन्धित देशका प्रहरी वा फेसबुक प्रयोगकर्ताको आफन्तलाई त्यसबारे जानकारी दिने अभ्यास सुरु गरेको थियो।
सूचना पाउने बित्तिकै डीएसपी पशुपति राय नेतृत्वको टोलीले टेक्निकल इन्टेलिजेन्समार्फत फेसबुक प्रयोगकर्ताको लोकेसन यकिन ठेगाना पत्ता लगायो। प्रयोगकर्ता कालीमाटी छेउको रविभवनमा रहेको पत्तो पाएपछि सिआईबीले महानगरीय प्रहरी वृत्त कालीमाटीलाई घटनाबारे जानकारी दियो।
वृत्तका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले आत्महत्याको प्रयास गरिरहेका युवाको घर पत्ता लगाउन एकछिन समय लगायो। डीएसपी कुँवरले भने, ‘सुरुमा छिरेको घरमा ती प्रयोगकर्ता भेटिएनन्। लगत्तै दोस्रो घरको भुइँतलामा ती युवा भेटिए। जसले आफैंमाथि चक्कु प्रहार गर्दै लाइभ गरिरहेका थिए।’
वृत्तको टोलीसँगै सिआईबीको टोली पनि उक्त घरमा पुगेको थियो। सिआईबीका अनुसार फेसबुकबाट सूचना पाएको एक घन्टा पनि नबित्दै प्रहरीले आत्महत्याको प्रयास गरिरहेका युवाको डेरामा पुगेको थियो।
प्रहरीले आमासँग डेरामा बस्दै आएका ती २९ वर्षीय युवा डिप्रेसनको सिकार भएको अनुमान गरेको छ। विज्ञापन एजेन्सीमा काम गर्ने ती युवाले प्रहरीलाई अष्ट्रेलियामा रहेकी प्रेमिकालाई लामो समयदेखि भेट्न नपाएको बताएका छन्।
डीएसपी कुँवरले ती युवा मानसिक तनावमा रहेको र मदिराको मातमा भेटिएको बताए। प्रहरीका अनुसार अष्ट्रेलियामा रहेकी प्रेमिकाले उनलाई बारम्बार आर्थिक सहयोग पठाएको देखिए पनि एकल आमासँग बस्दै आएका एक्लो छोरा के कारणले आत्महत्या गर्ने बिन्दुमा पुगे भन्ने खुलीसकेको छैन्।
चक्कु धारिलो नभएका कारण उनले छातीमा प्रहार गरेको चक्कुले गहिरो चोट पुर्याइसकेको थिएन। प्रहरीको टोलीले उनलाई कालीमाटीकै एक अस्पतालमा उपचारका लागि पुर्याएर आमाको जिम्मा लगाएको छ।
डीएसपी कुँवरले भने, ‘उपचार सकिएपछि घटनाबारे आमालाई सबै बताएर घर पठाएका छौं।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











