मुना कार्की हत्या प्रकरण : प्रष्ट कारण अझै खुलेन, यस्तो आयो प्रहरी निष्कर्ष
काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीय मुना कार्कीको हत्या तथा घरेलु कामदार २२ वर्षीय विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिएको प्रहरीले जनाएको छ।
तर, हत्या र आत्महत्याको कारण भने अझै खुल्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको हत्या र चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान सुरु गरेको १७ दिन बितिसकेको छ।
गत २७ माघमा सानेपास्थित निजी निवासमा कार्कीको हत्या भएको थियो भने चौधरीले आत्महत्या गरेका थिए । घटना सम्बन्धमा प्रहरीले पाँचजनासँग बयान लिइसकेको छ।
घटनास्थलमा भेटिएको कार्की र चौधरीको मोवाइल फरेन्सिक परीक्षणका लागि प्रहरीले तत्कालै प्रयोगशालामा पठाएको थियो । तर, त्यसको प्रतिवेदन भने अझै प्राप्त भएको छैन।
परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले हत्याको अनुसन्धान ९० प्रतिशत सकिएको, तर कारण भने अझै पत्ता लगाउन सक्ने अवस्था नभएको बताए।
उनले भने, ‘कार्की हत्या र चौधरी आत्महत्या सम्बन्धमा प्रहरीले सुरुको दिनबाटै अनुसन्धान थालेको हो । यसक्रममा पाँचजनासँग बयान लिइएको छ । सिसिक्यामेरा फुटेज अध्ययन भएको छ । हत्यामा चौधरी नै संलग्न भएकोमा द्विविधा रहेन । तर, कुन मनसायबाट प्रेरित भएर उनले हत्या गरे र किन आत्महत्या गरे भन्ने विषय अझै खुल्न सकेको छैन।’
प्रहरीका अनुसार कार्कीको घरका पार्टटाइम महिला कामदार, ड्राइभर, प्लम्बरसहित अन्य दुईजनासँग बयान लिएको छ। बयानका क्रममा ड्राइभर र प्लम्बरले हत्यामा संलग्न चौधरीको आनीबानीबारे धेरै जानकारी नभएको बताएका छन् भने महिला कामदारले भने चौधरी रिसाहा स्वभावको रहेको बयान दिएकी छिन्।
एसएसपी राईले भने, ‘अनुसन्धानका क्रममा पाँचजनासँग बयान लिइएको छ । उनीहरूसँग मृतक कार्की र चौधरीको आनीबानी तथा स्वभावबारे सोधपुछ भएको छ । तर, हत्याको कारण खुल्ने गरी उनीहरूबाट पनि केही ‘क्ल्यू’ आउन सकेको छैन । यद्यपि कोसिस जारी छ।’
प्रहरीले मृतक मुनाका श्रीमान् अर्जुन कार्की र आत्महत्या गरेका घरेलु कामदार विजयका बुबा जानकी चौधरीसँग पनि बयान लिने भएको छ।
प्रहरी निष्कर्ष
१६ दिनसम्मको अनुसन्धानपछि ४९ वर्षीय कार्कीको मृत्यु मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोधका कारण भएको निष्कर्षमा प्रहरी पुगेको छ।
पोस्टमार्टम रिपोर्टमा पनि यही देखिएको थियो । ललितपुर परिसरका अनुसार गत २७ माघको बिहान १०ः१० बजे विजयले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीले कसेका कारण मुनाको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारणबाट उनको मृत्यु भयो।
एसएसपी राईले भने, ‘मुनाको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध भएर उनको मृत्यु भएको देखियो । यस कार्यमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पनि पुष्टि भएको छ ।’ घटनामा संलग्न विजयको भने झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











