दोहोरी साँझमा भेटिन्छन् प्रहरीको मोस्ट वान्टेड सूचीका पूर्वमाओवादी कमाण्डर कालीबहादुर खाम
काठमाडौं । गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझ पारखीको नजरमा एउटा अनुहार बारम्बार ठोक्किइरहन्छ।
गम्भीर हाउभाउ तर रसिक आनीबानी। रात छिप्पिँदै जाँदा ती पात्र बिल तिर्न कहिले साथी बोलाउँछन्, कहिले हत्केलामा पैसा राखेर कलाकारलाई टिप्स उडाउने सोख पूरा गर्छन्।
ती दोहोरीप्रेमी अरु कोही नभएर माओवादी सशस्त्र द्वन्द्वकालका एक कमाण्डर कालीबहादुर खाम ‘विविध’ हुन्।
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध शृंखला भन्दै आजको नेपाल साप्ताहिकमा जनक नेपालले यो समाचार लेखेका छन्।
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उनी कोटेश्वरका रेष्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठको हत्याका मुख्य अभियुक्त हुन्।
त्यहाँबाट सुरु अपराध शृंखला डाँका, चोरी, सरकारी कागजात किर्ते र हातहतियार खरखजानासम्म पुग्यो।
पर्दाभित्र रक्तचन्दन, यार्सा, सुन र गिटी बालुवा तस्करीको अवैध सञ्जाल देखिन्छ।
प्रहरीको ट्रयाक रेकर्डमा उनी सिरियल क्राइमका मुख्य अभियुक्त हुन्।
प्रहरीले फरार सूचीमा राखेर एक दशकदेखि उनको खोजी गरिरहेको छ।
भेट्न चाहने जोकोहीका लागि सहजै उपलब्ध खामलाई प्रहरीले भने भेटाउन सकेको छैन।
उनी काठमाडौँको सामाखुसीमा बस्छन्, निजी स्कार्पियो गाडीमा हुइँकिन्छन्। ठेक्कापट्टाका विभिन्न काममा अप्रत्यक्ष जोडिएर सिंहदरबार वरपरै देखिरहन्छन्।
भित्रभित्रै पूर्वमाओवादी उच्च नेतृत्वसँग उनको सम्बन्ध अटुट छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












