२ करोडभन्दा बढी ठगी गरेको आरोपमा बाबुराम पक्राउ
महानगरीय प्रहरी परिसरमा पीडितको भीड
काठमाडौं । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ ।
श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी श्रेष्ठविरुद्द परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट प्रतिव्यक्ति ६–६ लाख लिएको र कुवेत पठाइदिन्छु भन्दै ३४ जनाबाट प्रतिव्यक्ति ४–४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा आइपुगेका छन् ।
श्रेष्ठकी श्रीमतीले पनि परिसरमा आएर पैसा फिर्ता गरिदिने भन्दै पीडितहरुलाई आश्वसन दिएकी थिइन् । पीडित र श्रेष्ठकी श्रीमतीबीच छलफल जारी छ । श्रेष्ठले सुन्धारास्थित सिटीसी मलमा मसाज सेन्टर चलाउँदै आएका छन् । उक्त मसाज सेन्टरबाट ५६ थान पासपोर्ट बरामद भएको डिएसपी बोगटीले जानकारी दिए । ‘कुबेत र माल्टाका परराष्ट्र अधिकारीहरुसँग आफ्नो चिनजान रहेको भन्दै श्रेष्ठले ठगी गर्ने गरेको पाइएको छ’ डिएसपी बोगटीले भने ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











