आरजु देउवाको युलेन्स स्कुलले कक्षा १ कै विद्यार्थीबाट असुल्छ मासिक ४० हजार
काठमाडौं । राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ ।
पूर्वसांसद आरजु देउवा व्यवस्थापन समिति अध्यक्ष रहेको सो विद्यालयले कक्षा १ कै विद्यार्थीबाट मासिक ४० हजार शुल्क उठाउने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतम र बिजय कार्कीले लेखेका छन्।
अनुगमन गर्ने निकायको कमजोरीको फाइदा उठाउँदै विभिन्न १७ शीर्षकमा अभिभावकबाट पैसा असुल्छ। विद्यालयले ‘ट्युसन–फी’लगायत नियमित शुल्कबाहेक उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत पैसा असुल्छ।
शिक्षा नियमावलीअनुसार अनुमति लिएर मात्र निजी विद्यालयले शुल्क असुल गर्न पाउँछन् । यसका लागि शैक्षिक सत्र सुरु हुनुअघि नै शुल्क प्रस्ताव गर्नुपर्छ । तर, ललितपुर महानगरपालिकाका अनुसार युलेन्स स्कुलले शुल्क असुलीका लागि अनुमति लिएको छैन।
अहिले जिल्ला शिक्षा कार्यालय नभएको र शिक्षाको अधिकार पाएको स्थानीय तहले अनुगमन र कारबाही गर्न नसक्दा युलेन्सजस्ता विद्यालयले चर्को शुल्क असुलेका हुन् ।
यसअघि काठमाडौं महानगरपालिकाले शुल्क निर्धारण गरे पनि विवाद भएपछि फिर्ता लिएको थियो । धेरै र महँगा विद्यालय रहेको ललितपुर महानगरले पनि शुल्क तोकेको छैन । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले शुल्क निर्धारण गर्ने प्रक्रियामा रहेको बताए।
शिक्षा मन्त्रालयबाट ‘विशेष सुविधायुक्त विद्यालय’को प्रमाणपत्रसमेत लिएको रातो बंगला स्कुलले पनि शिक्षणलगायत शीर्षकमा चर्को शुल्क लिने गरेको छ । रातो बंगलामा २७ देखि ३३ हजारसम्म शुल्क लिने गरिएको छ । तर, रातो बंगलाजस्ता विद्यालयले नै रुटका थोत्रा गाडी जम्मा गरेर विद्यार्थी ओसार्छन्।
ललितपुरकै प्रिमियर इन्टरनेसनल स्कुलको शुल्क पनि अत्यधिक महँगो छ । नयाँ विद्यार्थीका लागि भर्ना शुल्क मात्र लाख रुपैयाँ असुलिन्छ । अघिल्लो वर्ष ७५ हजारदेखि ९० हजार असुलिएको थियो । प्रिमियरमा मासिक शुल्क ३९ हजार पाँच सयदेखि ४९ हजार पाँच सयसम्म छ।
सो विद्यालयमा मासिक शुल्क कक्षा १-३ मा ३९ हजार पाँच सय, कक्षा ४–५ मा ४२ हजार नौ सय, कक्षा ६–८ मा ४६ हजार दुई सय र कक्षा ९–१० मा ४९ हजार पाँच सय छ। त्यसैगरी वार्षिक र पुस्तकालय शुल्कसमेत छुट्टै तिर्नुपर्छ।
सो स्कुलमा एउटा तहमा एकपटक तिर्ने गरी लाइब्रेरी शुल्क १५ हजारसम्म कायम गरिएको छ । विभिन्न शीर्षकमा वार्षिक शुल्क तिर्नुपर्छ । वार्षिक टिचिङ एन्ड लर्निङ रिसोर्समा ३५ हजार दुई सयसम्म, आइबी एन्ड क्लासरुम आइसिटीमा १८ हजार, नन–कलेजियट एक्टिभिटीका लागि समेत वार्षिक १८ हजार शुल्क तिर्नुपर्छ।
तर, यस्तो शुल्क लिन सो विद्यालयले कतैबाट स्वीकृति लिएको छैन । यो विद्यालयले विशेष सुविधायुक्त बनाउन माग गरे पनि ललितपुर महानगरपालिकाले स्वीकृति दिएको छैन।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











