बन्चरो प्रहार गरेर आमाबाबुको हत्या, प्रहरीलाई अभियुक्तकै फोन
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्।
इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।
घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ। कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए।
घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ। मृतकका सात महिनाकी छोरी छिन्। नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












