बम्जनविरुद्ध बाल यौन शोषणको आरोपमा मुद्दा
सर्लाही । लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ ।
बिहीबार दायर गरिएको मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग दाबी गरिएको छ । मतियारको रुपमा रहेका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ ।
सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको हो ।
२०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ सुत्ने कोठामा जबर्जस्ती करणी गरेको र पीडितलाई डर धम्की देखाइएको भन्दै दायर गरिएको मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
प्रहरीले अदालतको अनुमति लिएर प्रतिवादी बम्जनसहित उनका दुई मतियारलाई पक्राउ गर्न भनिएपनि समयमा प्रहरीले प्रतिवादीलाई पक्राउ गर्न सकेनन् । पक्राउको अन्तिम म्याद भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बम्जनविरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणको मुद्दा दायर गरिएको जिल्ला न्यायधिवक्ता केशवप्रसाद गौतमले बताए । उनले कसुरदार बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्मको सजायको माग दाबी गरिएको जानकारी दिए ।
‘बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सुखका लागि बालबालिकालाई प्रयोग गर्ने–गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन बमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम हामीले मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्षभन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दायर गरेका हौं,’ न्यायधिवक्ता गौतमले भने ।
पीडितलाई क्षतिपूर्ति भराउने माग दाबीसहित अभियोग पत्र पनि दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । बम्जनलाई लुकाउने छिपाउने कार्यमा संलग्न उनका दुई मतियार ज्ञानकुमार बम्जन र जेवी गुरङ भनिने जीतबहादुर तामाङलाई पनि कसुरदारको आधा सजायको माग दाबी गरिएको छ । मुद्दा दायर भएपनि प्रतिवादी बम्जनसहित उनका दुई मतियार फरार छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी नै छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











