यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ वर्षअघि काठमाडौंमा भएको दम्पती हत्याका एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।
०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको हत्यामा संग्लन आरोपमा सोही मिलमा कार्यरत जेके भनिने जय किशोर साहलाई सार्वजनिक गरेको हो ।
सर्लाही गयरटोलका ३४ वर्षीय साह र सोही मिलका कार्यरत अर्का मजदुर प्रताप राना मिलेर दम्पतीको हत्या गरेको प्रहरी दाबी छ ।
हत्यापछि उनीहरु दुवै फरार रहेको र फरारमध्ये साहलाई नेपालगञ्जको सीमाक्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।
फिल्मी शैलीको हत्या
थापाका अनुसार मिलमा काम गर्न सुरु गरेको ६ महिनामै साह र रानाले सुवेदी दम्पतीको हत्या गरेका हुन् । काममा चित्त नबुझेपछि ‘राम्रोसँग काम गर्नू’ भनेकै आधारमा साह र रानाले सुवेदीको पूरै परिवारको हत्या योजना बनाएको प्रहरी दाबी छ । सुवेदी दम्पतीको हत्या फिल्मको कथाजस्तै छ । घटनाको समयमा सुवेदीका दुई छोरामध्ये जेठा छोरा १५ वर्षका थिए भने कान्छा छोरा १२ वर्षका थिए ।
जेठा छोरा विलभ सुवेदीमाथि पनि उनीहरुले खुकुरी प्रहार गरेका थिए ।
विलभले भने,“पूरै परिवार मार्ने योजना रहेछ । सुरुमा बुबालाई मारेपछि ममीलाई मारे । त्यसपछि मलाई प्रहार गरे । मेरो शरीरभरी चोट छ । म मरेँ भन्ने ठानेपछि छाडे । भाइलाई पनि मार्न खोजे । तर उसले ढोका थुनेर बसेकाले ज्यान बाँच्यो । त्यो सबै घटनामा मैले हेरिरहेँ ।”
उनले लामो समयपछि प्रहरीले अभियुक्त पक्राउ गरेकोमा न्याय पाएको अनुभुति भएको बताए ।
नेपालमा हत्या भारतमा ‘डान्स टिचर’
अनुसन्धानका क्रममा पक्राउ परेका साह भारतको लखनउमा बस्दै आएका थिए । यहाँसम्मकी उनले आफ्नो पहिचान र परिचय नै बदले । सीआईबी प्रमुख थापाका अनुसार उनी भारतमा ‘डान्स टिचर’ भएर बसेको खुलेको छ । उनले रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका थिए । साहसँग भारतीय रासनकार्ड समेत छ ।
उनी काम विशेषले नेपाल छिर्दै गरेको सूचनाका आधारमा पक्राउ परेको थापाले बताए ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












