नैतिकताको घेराबन्दीमा न्याय प्रशासन
काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला गरेपछि न्याय प्रशासनमा गम्भीर प्रश्न उठेको छ ।
१५ असारमा प्रधानन्यायाधीश राणा र केसीको संयुक्त इजलासले गरेको रञ्जनको मुद्दाको अस्वाभाविक फैसलाको नागरिक समाजका सदस्यदेखि सामाजिक सञ्जाल र सडकसम्म कडा विरोध गर्दै न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने माग गरेका छन् । यस्तो माग गर्नेहरूमा पूर्वप्रधानमन्त्री र सांसदलगायत सत्तारूढ र विपक्षी पार्टीका नेताहरूसमेत छन् । आफ्नै पत्नीलाई हत्या गरी जलाएको आरोपमा रञ्जनलाई उच्च अदातल र जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका थिए ।
कोइरालाले दायर गरेको रिटका सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहितको इजलासमा पेसी तोकेका थिए । पेसी तोकेकै दिन सरकारी वकिल पक्ष र प्रतिवादी पक्षले बहस सके । १० दिनभित्रै फैसलाको पूर्ण पाठ तयार भयो ।
फैसलामा सर्वोच्चले यसअघिका कर्तव्य ज्यानसम्बन्धी मुद्दाको नजिरसमेत लत्याएर पत्नी हत्याका दोषी कोइरालालाई ११ वर्ष ६ महिना कैद छुटसहितको पूर्ण पाठ आएपछि सर्वत्र विरोध भएको छ । जघन्य अपराधको घटनामा संलग्न व्यक्तिलाई कानुनको समेत अपव्याख्या गरेर छुट दिएपछि न्यायाधीशको कार्यक्षमताको विषयमा समेत प्रश्न उठेको छ ।
सर्वोच्च अदालतले फैसलामा कोइरालालाई साविक मुलुकी ऐन अ.ब. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुने फैसला गरेको हो । ८ माघ २०६८ सालदेखि थुनामा बसेकामा सर्वोच्च अदालतको ठहरबमोजिम ८ वर्ष ६ महिना मात्रै सजाय हुने फैसला ग¥यो ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले ७ वैशाख २०७१ मा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो ।
सर्वोच्चमा रञ्जनका जस्ता धेरै मुद्दा वर्षौंदेखि चाङ लागेर बसेका छन् । गत आर्थिक वर्षमा मात्रै सर्वोच्चले ३५ हजार मुद्दामा १० हजार मात्रै फैसला गरेको छ । यसरी फैसला भएर १५ दिनभित्रै द्रुत गतिमा फैसला लेखेको मुद्दा भाग्यमानी साबित भए । साथै न्यायाधीशमा चित्त लागेपछि श्रीमती हत्याका अभियुक्त रञ्जन कोइरालाले ११ वर्ष ६ महिना जेल सजाय छुट पाए ।
लकडाउनको समयमा मुद्दाको सुनुवाइ एकै दिन सकेर ५ दिनमै फैसलाको पूर्ण पाठ तयार मात्रै होइन, दोषी ठहर भई सजाय काटिरहेका अभियुक्त कोइरालाले न्यायाधीशको बक्सिस पाए ।
अब कसरी चल्छ रञ्जनको मुद्दा
महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दिइसकेको अवस्थामा अब सर्वोच्च प्रशासनले सो निवेदन अनुमतिका लागि इजलासमा पेस गर्छ ।
दर्ता भएको निवेदनमा मागबमोजिम पुनरावलोकन हुनुपर्ने हो÷होइन वा अनुमति दिने÷नदिने विषयमा दुई न्यायाधीशको इजलासमा सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । अनुमतिका लागि सुनुवाइ गर्दा यसअघि मुद्दा फैसला गरेको भन्दा फरक न्यायाधीशले त्यसको व्यवस्थापन गर्नुपर्छ ।
पुनरावलोकनका लागि अनुमति दिएमा (निस्सा पाएमा) फैसलामाथि पुनर्विचार गर्ने वा सच्याउने प्रक्रिया सुरु हुन्छ । यसरी पुनरावलोकनका लागि अनुमति पाएका मुद्दाको सुनुवाइ सुरुमा फैसला गर्ने र अनुमति दिनेबाहेकका तीन जना न्यायाधीशको इजलासले गर्नुपर्ने कानुनी व्यवस्था छ । इजलासले मुद्दा पुनरावलोकनको अनुमति नदिएमा प्रक्रिया त्यहीँ अन्त्य हुन्छ र सोसँगै भइसकेको फैसलामाथि पुनर्विचार गर्ने वैधानिक बाटो समाप्त हुन्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












