एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ ।
सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको छ ।
साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ ।
समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए । कानूनअनुसार अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए ५ देखि ८ वर्ष र अरुमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
कमजोर दण्ड सजायका कारण पनि बारम्बार एसिड आक्रमणको घटना हुने गरेको भन्दै जेनीले भनिन्, ‘अरुको जीवन बर्बाद पार्नेहरुलाई जन्मकैदले पुग्दैन । उनीहरुलाई पनि एसिड नै हान्नुपर्छ ।’
समितिले एसिड आक्रमणमा परेकाहरुको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












