गोंगबु घटना : प्रहरीसमक्ष कल्पनाको बयान- ‘स्लिपिङ ट्याब्लेट’ खुवाएर हत्या गरेँ
काठमाडौं। गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले अभियोग स्वीकार गरेकी छन्।
प्रहरीसँगको बयानमा उनले आफूले कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेकी हुन्। बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।
उनको शवको पहिचान हिजो मात्र भएको थियो। र, हिजै कल्पना र उनकी छोरी चितवनबाट पक्राउ गरेका थिए। पक्राउ गरेकी कल्पनाले आफूले ‘स्लिपिङ ट्याब्लेट’ खुवाएर बोहराको हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले जनाएको छ। हत्यापछि शव व्यवस्थापनमा छोरीले सहयोग गरेको पनि खुलेको छ। प्रहरीले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गर्दैछ।
कल्पनाले बोहराकाे हत्या आफ्नै कोठामा गरेको पनि बताएकी छन्। हत्यापछि आफन्तको एम्बुलेन्स मगाएर कल्पना र उनकी छोरी चितवन पुगेको प्रहरीले जनाएको छ। उनीहरू चितनको टाँडीबाट हिजो पक्राउ गरेका थिए। उनीहरूलाई हिजैराति चितवनबाट काठमाडौं ल्याइसकिएको छ।
कल्पनाले हत्यामा अरुको सहयोग नलिएको बताएपनि प्रहरीले अरुको संलग्नताबारे अनुसन्धान गरिरहेको छ। कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको जनाएको छ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











