पुजारी हत्या प्रकरणः चार दिन बित्दासम्म घटना रहस्यमय
काठमाडौं। रौतहटको माधवनारायण नगरपालिका-२ मा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नको पहिचान अझैसम्म खुलेको छैन।
प्रहरीका अनुसार हत्याको कारणदेखि हत्यामा संलग्न कता फरार भए भन्ने पनि खुल्न सकेको छैन। हिन्दू पुजारी तेलीको हत्यापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले भिन्न-भिन्न कोणबाट अनुसन्धान थालेको छ।
अनुसन्धान टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर महतोले गरेका छन्। उनले हत्या घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए।
“अनुसन्धान जुन-जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गरिरहेका छौं र निक्कै सुक्ष्म ढङ्गले टोलीले अनुसन्धान गरेको अवस्था छ।” उनले देखापढीसँग भने।
गएको बुधबार राति तेलीको हत्या भएको थियो। मन्दिरनजिक रहेको फुसको छानो भएको रहेको कुटी जस्तो ठाउँमा खाना खाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो।
“बायाँ कानमाथि कन्चटमा गोली लागेको र दायाँ कञ्चटबाट गोली निस्केको रहेछ”, रौतहट प्रहरी प्रवक्ता भरत श्रेष्ठले भने, “शव रक्ताम्मे अवस्थामा थियो र घटना चाहिँ अन्दाजी ८:४५ बजेतिर भएको देखिन्छ।”
घटनापछि जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रवीराज खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो। र, एसपी खड्काले गरुडाका डीएसपी महतोको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरे।
हाल डीएसपी महतो नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तर, पनि हालसम्म न हत्यामा संलग्नको पहिचान भएको छ, न किन हत्या गर्यो भन्ने कारण नै खोलिएको छ।
यता घटनाको अनुसन्धान टोलीको नेतृत्व गरेका डीएसपी महतो भने छिट्टै हत्यामा संलग्नको पहिचान हुने बताउँछन्।
“अनुसन्धान भइरहेकोले सबै कुरा बाहिर ल्याउन मिल्दैन”, उनले भने, “हामी छिट्टै सत्-–तथ्य बाहिर ल्याउँछौं, ढुक्क हुनुहोस्।”
घटनास्थलबाट मृतक साहको मोबाइल प्रहरीले सोही रात बरामद गरेको थियो। हाट बजार लाग्ने जस्तो ठाउँमा उक्त मन्दिर छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा मानिसहरूको चहलपहल कम हुने गरेको पाइएको छ।
घटनाबारे विस्तृत अनुसन्धानमा सहयोग पुगोस् भन्दै जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनाको भोलिपल्ट बिहीबार झिकाइएको थियो। र, हत्यामा संलग्न सीमा पार हुन सक्छन् भन्दै सीमा क्षेत्रमा सुरक्षा तैनाथी रौतहट प्रहरीले गरेको थियो।
यससँगै जिल्लाभरका सबै प्रहरी युनिटहरूलाई परिचालन गरिएको छ। तर, हत्यापछि हत्यामा संलग्न सीमा पार भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा पेस्तोलको प्रयोग भएको बताइएको छ।
घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन र साझा पार्टीले हिन्दू पुजारी तेलीको हत्यामा संलग्नको पहिचान गरेर कानूनी कठघरामा ल्याउन माग गरेका छन्।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











