गोंगबु घटनाको अनुसन्धान सकियो, अभियुक्तले स्विकारिन् अपराध
काठमाडाैँ । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।
प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ ।
परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । उनले भने, ‘बोहरा हत्या अनुसन्धान सकिएको छ । अध्ययन प्रतिवेदन हिजै (बिहीबार) सरकारी वकिल कार्यालयमा बुझाइएको छ । घटनामा संलग्न मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग छ । सहयोगीको भूमिकामा रहेकी किशोरीविरुद्ध भने जन्मकैदको दुईतिहाइ सजाय माग गरिएको छ ।’
प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् । पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।
२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा हत्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।
काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान ग-यौँ । हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्तले स्वीकार गरेकी छिन् । खासगरी फेक आइडीमार्फत नग्न फोटो सामाजिक सञ्जालमा सेयर गरेको विषयप्रति उनको आपत्ति रहेछ । यो नगर्न भन्दै पटक–पटक उनले बोहरालाई भनेकी पनि रहिछन् । रोक्नुको सट्टा उल्टै ब्ल्याकमेलिङ गर्न थालेछ । यही कारण नै हत्या गर्ने योजना बनाएको बयान अभियुक्तले हामीलाई दिएकी छिन् ।’
‘कल्पना शाहीको नाममा फेसबुक आइडी बनाएछ । त्यसमा मेरो टाउको जोडेर आपत्तिजनक फोटो राखेछ । सोही फेसबुकबाट उनले विभिन्न मान्छेलाई रिक्वेस्ट पनि पठाएछ । मैले उनको हर्कत थाहा पाएँ । त्यस्तो नगर्नुस् भनेर पटकपटक सम्झाएँ । तर, ऊ मानेन । म मानसिक रूपमा विक्षिप्त थिएँ । सहनै नसक्ने भएपछि यसलाई सिध्याउने योजना दिमागमा आयो । त्यसपछि सोहीअनुसार योजना बनाएँ । कोठामै बोलाएँ । उनको खानेकुरामा स्लिपिङ ट्याब्लेट हालेँ । उनी बेहोस भए । त्यही मौकामा सबै काम भए,’ प्रहरीका अनुसार कल्पनाले बयानमा भनेकी छिन् ।
मुलुकी अपराध संहिता ०७४ परिच्छेद ५ को दफा ४२ अनुसार जन्मकैद भन्नाले २५ वर्ष कैदजीवन बिताउनुपर्ने भनिएको छ । त्यसो हुँदा कसुर प्रमाणित भए अभियुक्त मुडभरीले २५ वर्ष कैद सजाय कटाउनुपर्नेछ । त्यस्तै उनकी १५ वर्षीया छोरीको हकमा उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुईतिहाइ कम सजाय हुनेछ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












