गोंगबु घटनाको अनुसन्धान सकियो, अभियुक्तले स्विकारिन् अपराध
काठमाडाैँ । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।
प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ ।
परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । उनले भने, ‘बोहरा हत्या अनुसन्धान सकिएको छ । अध्ययन प्रतिवेदन हिजै (बिहीबार) सरकारी वकिल कार्यालयमा बुझाइएको छ । घटनामा संलग्न मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग छ । सहयोगीको भूमिकामा रहेकी किशोरीविरुद्ध भने जन्मकैदको दुईतिहाइ सजाय माग गरिएको छ ।’
प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् । पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।
२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा हत्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।
काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान ग-यौँ । हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्तले स्वीकार गरेकी छिन् । खासगरी फेक आइडीमार्फत नग्न फोटो सामाजिक सञ्जालमा सेयर गरेको विषयप्रति उनको आपत्ति रहेछ । यो नगर्न भन्दै पटक–पटक उनले बोहरालाई भनेकी पनि रहिछन् । रोक्नुको सट्टा उल्टै ब्ल्याकमेलिङ गर्न थालेछ । यही कारण नै हत्या गर्ने योजना बनाएको बयान अभियुक्तले हामीलाई दिएकी छिन् ।’
‘कल्पना शाहीको नाममा फेसबुक आइडी बनाएछ । त्यसमा मेरो टाउको जोडेर आपत्तिजनक फोटो राखेछ । सोही फेसबुकबाट उनले विभिन्न मान्छेलाई रिक्वेस्ट पनि पठाएछ । मैले उनको हर्कत थाहा पाएँ । त्यस्तो नगर्नुस् भनेर पटकपटक सम्झाएँ । तर, ऊ मानेन । म मानसिक रूपमा विक्षिप्त थिएँ । सहनै नसक्ने भएपछि यसलाई सिध्याउने योजना दिमागमा आयो । त्यसपछि सोहीअनुसार योजना बनाएँ । कोठामै बोलाएँ । उनको खानेकुरामा स्लिपिङ ट्याब्लेट हालेँ । उनी बेहोस भए । त्यही मौकामा सबै काम भए,’ प्रहरीका अनुसार कल्पनाले बयानमा भनेकी छिन् ।
मुलुकी अपराध संहिता ०७४ परिच्छेद ५ को दफा ४२ अनुसार जन्मकैद भन्नाले २५ वर्ष कैदजीवन बिताउनुपर्ने भनिएको छ । त्यसो हुँदा कसुर प्रमाणित भए अभियुक्त मुडभरीले २५ वर्ष कैद सजाय कटाउनुपर्नेछ । त्यस्तै उनकी १५ वर्षीया छोरीको हकमा उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुईतिहाइ कम सजाय हुनेछ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











