हिरासतमा मृत्यु प्रकरण: गरुडा तनावग्रस्त, डीएसपी महतो प्रदेश कार्यालयमा तानिए
काठमाडौं। रौतहटको इलाका प्रहरी कार्यालय गरूडा परिसर आज तनावग्रस्त बन्यो।
प्रहरी हिरासतमा यातनाका कारण एक थुनुवाको मृत्यु भएको विषयमा त्यहाँ प्रदर्शन भएको हो। गरुडा प्रहरीको हिरासतमै रहेका अवस्थामा १९ वर्षीय विजय रामको मृत्यु भएको भन्दै त्यहाँ प्रदर्शन भएको हो।
स्थानीयवासीले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कुटपिटमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन्।
‘विजय–निरञ्जन राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहट’ को अगुवाइमा प्रहरी कार्यालय परिसरमा भेला भएर स्थानीयवासीले प्रदर्शन गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यहाँ तनावग्रस्त स्थिति बनेको छ।
विजयको मृत्यु बिहीबार राति नेशनल मेडिकल कलेज वीरगञ्जमा भएको थियो। मृतक विजयको शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार गरिएको थियो। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले कुटपिटपछि मिर्गौलामा रगत जमेको र मिर्गौला फेल भएर विजयको मृत्यु भएको देखाएको छ। विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक हरिहर वस्तीले बताएका छन्।
विजयको मृत्यु कुटपिटबाटै भएको रिपोर्ट र उनलाई कारबाही गर्नुपर्ने दबाबपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा तानिएका छन्। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठलाई पठाइएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए।
साउन ३२ गते राति गरुडा नगरपालिका–८ जिंहडियाका २२ वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अभियोगमा विजयसहित ११ जनालाई प्रहरीले भदौ १ गते पक्राउ गरेको थियो ।
गरुडाको हिरासतमा रहकै बेला विजयलाई पेट दुख्ने, पिसाब पोल्ने लगायत स्वास्थ्यमा समस्यामा देखिएको भन्दै गरुडा अस्पतालमा उपचारका लागि लगेको डीएसपी श्रेष्ठले बताए। तर, त्यहाँ विजयको उपचार सम्भव भएन। भदौको ४ गते नेसनल मेडिकल कलेज वीरगञ्जमा विजयलाई पुर्याइएको थियो। विजयको परिवारलाई भने विरामी भएपछि उपचारका लागि लगिएको भन्ने प्रहरीले थाहा दिएको थिएन।
विजयको स्वास्थ्य स्थिति अन्त्यन्तै चिन्ताजनक भएपछि मात्रै प्रहरीले थाहा दिएको स्थानीय मनोज रामले बताए। १० गते राति १२ बजेर ३५ मिनेटमा विजयको मृत्यु भएको थियो।
मृतक विजय बाबु पनिलाल रामले प्रहरीले चरम यातना दिएका कारण सहन नसकेर विजयको मृत्यु भएको दाबी गरेका छन्।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











